कैलालीको धनगढी उपमहानगरपालिका वडा नं १० स्थित जुगेडा गाउँमा जुगेडा कप २०७९ भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उत्तराखन्ड भारत बाट आएको टिम विजेता भएको छ । खटिमाले अयोजक जुगेडा गाउँलाई हराउदै खेलमा विजेता भएको हो । यसैसंगै आयोजक जुगेडा उप विजेतामै चित बुझाएको छ ।

प्रतियोगिताका विजयी प्रथम टिमलार्इ नगद रु ५१५५५, ट्रफी र प्रमाण पत्र त्यसैगरी द्वितियलाई नगद रु २४५५५, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ ।
नकआउट सिस्टममा खेलाइएको प्रतियोगितामा नेपाल र भारत गरी २८ टीम को सहभागी थिए । आज असोज १ गते सम्पन्न भएको खेल भदौ २६ गते सुरु भएको थियो ।

समापन कार्यक्रममा नेपाल रानाथारु समाज का केन्द्रिय उपाध्यक्ष कमल सिंह राना, धनगढी उपमहानगरपालिका वडा नं १० का वडा अध्यक्ष शिव कुमार राना लगायात का जनप्रतिनीधि तथा हजारौं दर्शकको उपस्थिति रहेको थियो ।
आयोजकले कार्यक्रममा विभिन्न झाँक्री, नाच, गान लगायतको र्सास्कृतिक पार्यक्रम गर्न नसकेकोमा दुख ब्यक्त गरेका छन । चाहेर पनि प्रतिकुल मौषमका कारण कलाकारहरुको प्रस्तुति स्थगित गर्नु परेको खुल संयोजक भगीरथ रानाले बताए ।

अगामी वर्षमा पनि खेललाइ निरन्तरता दिइने अायाेजकले जनाएकाे छ।