कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित सिमरी खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
आईतबार करिब साढे बाह्र बजेतिर माछा मार्न गएका बेला सिमरी खोलामा डुबेर सोही ठाउँकी १६ वर्षिय बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिमरीका बलराम रानाकी छोरी १६ वर्षिय प्रेमवती राना रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।
प्रहरीका अनुसार शनिबार बिहान एक्कासी आएको बाढीले सिमरी गाउँ पुरै डुबान भएपनि कुनैपनि मानवीय क्षति नभएको बताईएको छ ।