अविरल बर्षाका कारण असोज १ गते आएको बाढीले कञ्चनपुरको लालझाडी गाउँपालिकामा सिटामोल जस्ता सामान्य औषधी को समेत अभाव देखिएको थियो ।
-विज्ञापन-

औषधि अभाव भएको बेला आफू पनि लालझाडी को बासिन्दा भएकै हुँदा कलाकान्द कन्ट्रक्सन एण्ड सप्लार्स का प्रबन्धक निर्देशक भीम सेन राना रु १,६४,१५७ बराबर को विभिन्न औषधि सहयोग गरेका छन । सहयोग गरिएका औषधि रानाका बुवा लच्छु रानाले लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना र प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिंह रावललाई हस्तान्तरण गरे।
लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले गाउँपालिका लाई सहयोग गर्ने मनकारी हात लाई धन्यवाद दिदै कन्ट्रक्सनको सफल कार्यकालको शुभकामना दिए।