पूर्वमन्त्री वन तथा वातावरण मन्त्री एवं नेकपा एमालेका नेता नारदमुनी रानाले देउथान थारु संघको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। शनिबार एक कार्यक्रमका बीच धनगढीको तारानगरमा उनले उक्त भवनको उद्घाटन गरेका हुन्।

उक्त भवन नारदमुनी रानाको सांसद विकास कोषबाट बनाइएको थियो।