कंचनपुरको कृष्णपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष दिनेश बहादुर खड्काले सहयोगी हाथ युवा क्लबका अध्यक्ष भजौरा रानालाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन ।
लागु औषध दुर्व्यसन न्युनिकरण गर्न युवा हरुलाइ खेलकुद मा आकर्षण गराउने उदेश्यले नगरपालिका बाट पाएको सेवा सुबिधा बाफतको रकम बाट भलिबल र जर्सी खरिद गरि सहयोगी हाथ युवा क्लबका खेलाडीहरुलाई खेलकुद सामाग्री बितरण गरेका छन ।
मैले आफ्नो नगरपालिका बाट पाएको सेवा सुबिधाबाट एकल महिला , वृद्ध , गरिब र अन्यहरुलाई पनि बेला बेलामा आफुले पाएको सेवा सुबिधाबाट सहयोग गर्ने सोच बनाएको छु भनेर कृष्णपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष दिनेश बहादुर खड्काले बताएका छन ।