कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित नव ज्योति कृषि सहकारी संस्था लिमिटेडको दोस्रो तल्ला भवन २०७९ असोज १६ गते उद्घाटन सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिप प्रदेश सभा सदस्य माननीय मालामती राना ,विशिष्ट अतिथी संविधान सभा सदस्य तथा नव ज्योति कृषि सहकारी संस्था लि. का सल्लाहकार संयोजक प्यारेलाल राना ,धनगढी वडा नं ७ का वडा सदस्य बासु राना थारु , अतिथी धनगढी वडा नं ७ निवर्तमान वडा सदस्य यमुना भट्ट जोशी , देवहरिया सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष शारदा प्रशाद राना , देवहरिया गाउँका भलमन्सा जगन्नाथ राना , सम्पुर्ण शेयर सदस्य ,समाजसेवी , बुद्धिजीवी , कर्मचारीको उपस्थिति र नव ज्योति कृषि सहकारी संस्था लि. का अध्यक्ष तथा धनगढी वडा नं ७ का निवर्तमान वडा अध्यक्ष सिताराम रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश पुर्वाधार विकास कार्यक्रमबाट अनुदान रु. ४० लाख निकासा प्राप्त रकम रु. ३७लाख ३९ हजार ९४५ रुपैया र सहकारी संस्थाको अन्तरिक खर्च रु.३२लाख ६०हजार ५५ रुपैया गरि जम्मा खर्च ७० लाख मात्र खर्चमा निर्माण सम्पन्न भएको छ भनेर स्वागत मन्तव्य पनि नव ज्योति कृषि सहकारी संस्था लि. का उपाध्यक्षले बताएका छन ।

ब्याजदर नव ज्योति कृषि सहकारी संस्था लि. का सदस्य मनोज बिक्रम दहितले प्रस्तुत गरेका थिए । सहकारी विभागको मिति २०७९ -०४-३१ को निर्देशन बमोजिम २०७९ भदौ मसान्तसम्मको बित्तीय विवरण नव ज्योति कृषि सहकारी संस्था लि. का ब्यवस्थापक उग्रसेन रानाले प्रस्तुत गरेका थिए ।


यो सहकारीलाई सानो समयमा धेरै प्रगति गराउनमा सबै शेयर सदस्य , कर्मचारी ,बचत गर्नेको योगदान छ । यस सहकारीले सुपथ मूल्य पसलबाट वार्षिक ३ लाखको आम्दानी गर्दछ । यो आम्दानी हामी सम्पुर्ण शेयर सदस्यको आम्दानी पनि हो । हामिले शेयर सदस्यहरु बढाउनु पर्नेछ र संस्थाको उत्तरोत्तर प्रगति होस भनेर विशिष्ट अतिथि संविधान सभा सदस्य तथा नवज्योति कृषि सहकारी संस्था लि. का सल्लाहकार संयोजक प्यारेलाल रानाले बताएका छन ।

यो सहकारीले सानो समयमा धेरै फड्को मारेको छ । यो सहकारीले प्रगति गर्दै आइरहेको थियो मैले आफुले गरेको सहयोगले यो सहकारीमा पहिले भन्दा बढी प्रगति गर्ने जिम्मेवारी तपाईंको छ र आशा छ तपाईंले यो सहकारीलाई उन्नति प्रगति हुन्छ भनेर प्रमुख अतिथी सुदुरपश्चिप प्रदेश सभा सदस्य माननीय मालामती रानाले बताएकि छिन ।

दशै दिपावलीमा यदि तपाईंसङ्ग खर्च छैन भने तपाईंले यस सहकारीबाट १० हजार सम्मको ॠण लिन सक्नुहुन्छ । अति आवश्यक काम भएको बेला तपाईंले यस सहकारीबाट रुपैया सजिलै निकाल्न सक्नुहुन्छ । दोस्रो तल्लाको हल उद्घाटन भएको छ यसमा तपाईंले तिज ,होलि , माघी जस्ता सबै समुदायका कार्यक्रमहरु नजिकै गर्न सक्नुहुन्छ । तपाईहरु बचत गर्नुस शेयर पुजी बढाउनुस र यस संस्थाले जति नाफा तपाईहरुकै हुनेछ भनेर सभापति सिताराम रानाले बताएका छन ।

कार्यक्रम संचालन नव ज्योति कृषि सहकारी संस्था लि. ब्यवस्थापन समितीका सचिव भिरा राम रानाले गरेका थिए ।