नेपाली कांग्रेसको कारबाहीमा परेका पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि ओझाले बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा मनोनयन दर्ता गरेका हुन्।
गत शुक्रबार मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ओझाले कैलालीको क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । २०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए ।
आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजीत भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले क्रियाशिल सदस्य समेत नरहनेगरी ओझालाई कारवाही गरेको थियो ।