२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कैलाली-५ मा गठबन्धनको निर्वाचन परिचालन समितिको संयोजकमा पडाल चयन

खबर सम्बाददाता २५ आश्विन २०७९, मंगलवार
कैलाली-५ मा गठबन्धनको निर्वाचन परिचालन समितिको संयोजकमा पडाल चयन

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा गठबन्धनको निर्वाचन परिचालन समितिको संयोजकमा भीम पडाललाई चयन गरिएको छ।
विपी स्मृति भवनमा भएको पाँच दलिय गठबन्धनको बैठकले निर्वाचन परिचालन समितिको सहसंयोजकमा माओवादी केन्द्रकी प्रदेश कमिटि सदस्य शान्ति अधिकारी तथा निर्वाचन परिचालन समितिको सचिवमा नेकपा एककृत समाजवादीका नेता हनुमान चौधरीलाई चयन गरिएको छ।
कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभाका १ र २ तथा धनगढी उपमहानगरपालिकाका लागि पनि निर्वाचन परिचाल समिति गठन गरिएको छ। प्रदेश ५ को १ मा काग्रेंसका सीताराम रानालाई संयोजक, माओवादीका राधाकृष्ण अधिकारीलाई सहसंयोजक र एकृकित समाजवादीका रामबजारी चौधरीलाई सचिवको जिम्मेवारी दिईएको छ।
प्रदेश ५ को २ मा काग्रेंसका केशवराज जोशीलाई संयोजक, माओवादीका कृष्ण चौधरीलाई सहसंयोजक र एकिकृत समाजवादीका चक्र विकलाई सचिवको जिम्मेवारी दिईएको छ। धनगढी उपमहानगरपालिका क्षेत्रमा पनि निर्वाचन परिचालन समिति बनाईएको छ।
धनगढी नगर समितिको निर्वाचन परिचालन समितिको संयोजकमा काग्रेंसका यज्ञराज उपाध्याय, सहसंयोजकमा माओवादीका सुरज खाती र सचिवमा एकृकित समाजवादीका बाबुराजा श्रेष्ठलाई चयन गरिएको बताइएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin