कंचनपुरको कृष्णपुर नगरपालिका वडा नं ९ स्थित पिपरियामा २०७९ असोज २५ गतेको राती जंगली हात्तीले पाकेको धानबाली नष्ट गरेका छन ।
-बिज्ञापन –









रातिको ७ बजे नै जंगल किनाराका खेतमा बथानमा आएका हात्तिहरुले धानबालि नष्ट गरेका छन । स्थानीयहरुले होहल्ला गरि धपाँदा पनि हात्तिहरु मनोमानी लगभग २ घन्टा सम्म बिगहौं धानबाली नष्ट गरेका छन । बर्षाले काट्न रोकिएको पाकेको धान एकतर्फ पानीले बिगारेको र त्यसैमा हात्तिहरुले नोक्सान गर्दा यस क्षेत्रका किसानहरु चिन्तित बनेका छन ।