कंचनपुर, अगामी मंसिर ४ गते संघ र प्रदेशको चुनावमा उम्मेदवारी दर्ता भएपछि चनावी सरगर्मी चुलिएको छ । देश भरी नै गठबन्धन (सत्ता पक्ष ) vs बिपक्षी गठबन्धन रहेको बेला कंचनपुर -१ मा सत्तापक्ष गठबन्धनकि साझा उम्मेदवारी दिएकी पुर्व मन्त्री एबं पुर्व प्रम बुहारी बिना मगरलाइ नयाँ उदयमान पार्टी नागरिक उन्मुक्ति चुनौतीपुर्ण हुने देखिएको छ ।
सत्ता गठबन्धनकि साझा उम्मेद्बार बिना मगर सँगै विपक्षि गठबन्धनबाट नेकपा एमालेका तर्फबाट पुर्ब प्रदेश मन्त्री तारा लामा र नागरिक उन्मुक्ति पार्टीबाट उमेदवार पुर्व वडा अध्यक्ष नन्दकुमार रानाको त्रीपक्षिय रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
कंचनपुर -१, बाटै गत चुनावबाट जितेर मन्त्री हुँदा समेत बिना मगर र तारा लामाले जनता बीच गरेका बाचा पूरा नभएका र बिकासका नाममा कुनै काम देखाउन नसकेकोले यसपटक जनताले नागरिक उन्मुक्तिलाइ भोट आउने बिश्वास रानाले बताउनु भएको छ । समाजिक न्याय सहितको समृद्धि नागरिक उन्मुक्तिको मुल एजेन्डा हो अरु पार्टीहरुले भासण र व्यबहारमा अकाश पतालको अन्तर देखाए त्यसको विकल्प जनताहरुले खोजिरहेको बेला नागरिक उन्मुक्ति नै उत्तम विकल्प को रुपमा मेरो उम्मेदवारी रहेको रानाले दाबी गरे ।
गाठबन्धन र निकै पहुँचबाला सँग तपाई भिड्दै हुनुहुन्छ कसरी जित्नु हुन्छ नयाँ पार्टीबाट जनताले नयाँलाई कसरी पत्याउलान? भन्ने सवालमा रानाले मेरो जित्ने अधार नै दुबै गठबन्धन र पहुँच नै हो , यो गठबन्धन देश र जनताको आवस्यकता भन्दा पनि २-४ जना टाउके नेताको सत्ता स्वार्थको गठबन्धन हो यो कुरा सबै जनताले बुझेका छन यो हाम्रो लागि अवसर हो र बिना मगरको पार्टी पहुँचले पनि मलाई जित्न सजिलो हुनेछ, चुनाव भनेकै जनताले आफ्नो मताधिकारबाट असल र सक्ष्यम नेतृत्व चुन्ने तरिका हो नेताको नेता चुन्ने तरिका होइन , पहुँच नेता सँग होइन जनता सँग हुनुपर्छ, म यहाँको धुलोमाटो, सुखदुःख, बाढी डुबान कटान सबै भोगेको देखेको किसान हुँ मेरो पहुँच यहाँको धर्ती माटो र सबै जनजीवन सँग छ त्यसैले बिनाको पहुँच घरमा ससुरा सँग होला र मेरो पहुँच यहाँको जनता सँग छ त्यसैले जनताहरुले नेताको नेता भन्दा जनताको नेता चुन्नेछन रानाले बताए ।