२०७९ कार्तिक ७ गते धनगढी उप-महानगरपालिका वडा नं १५ स्थित उर्मा गाउँको उत्तर टोलमा रानाथारु संस्कृति समुहको आयोजनामा कार्यक्रम हुने। कार्यक्रम कार्तिक ७ गते साझँ ७:०० बजे सुरुहुनेछ ।
२५ गितमा डान्स सिकिसकेका छौ अरुपनि थप गितको सिकिरहेका छौ । यस वर्ष विगत वर्षभन्दा पनि बढी दर्शकलाई मनोरञ्जन गराउने छौ । हामीले पछतौनो नाटकमा ९ वटा भाग पनि दर्शकलाई देखाउने छौ भनेर कार्यक्रम संयोजक अमृता रानाले बताएकी छिन ।
पछतौनो नाटकमा बाल विवाह गर्दा महिलालाई पछि गएर मैले किन छोटो विवाह गरे भनेर पछुतो लाग्छ । विशेष हामिले बाल बिबाहको बारेमा नाटकमा पछुतो लाग्छ । रानाथारु भाषामा पछुतोलाई पछतौनो भनिन्छ । त्यसैले नाटकको नाम पछतौनो राखेको भनेर पछतौनो नाटकका लेखक राम कृपाल रानाले बताएका छन ।
कैलाली कंचनपुरका हजारौं दर्शकको भिडभाड कार्यक्रममा हुने गर्दछ । विगत वर्षमा कारणबस दर्शकलाई मनोरञ्जन गराउन सक्यौ सकेनौ तर यस वर्ष तपाईहरु उर्मा गाउ आउनुहोला आवस्य मनोरञ्जन गराउने छौ । हाम्रो आयोजक टिमलाई धरम सिंह रानाले डान्स सिकाईरहेका छन । यस वर्ष निकै रमाइलो हुनेछ । रेडियो पश्चिम् टुडे ८८.८ का रानाभाषाको कार्यक्रम अप्नि कहानीका संचालक र बि.प्लस मिडियाका सम्बादाता सुरज रानाले कार्यक्रम संचालक हुने भनेर रानाथारु संस्कृति समुहका अध्यक्ष राम मिलन रानाले बताएका छन ।