७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

कृष्णपुर नगरपालिकाद्वारा १४२ दिनमा गरेका कामकाज सार्वजनिक

खबर सम्बाददाता २८ आश्विन २०७९, शुक्रबार
कृष्णपुर नगरपालिकाद्वारा  १४२ दिनमा गरेका कामकाज सार्वजनिक

कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थानीय सरकारले (१४२) एक सय बयालीस दिनमा गरेका कामकाज सार्वजनिक गरेको छ ।

आज २०७९ असोज २८ गते कृष्णपुर नगरपालिकामा गत बैशाखमा निर्वाचित भएर आएको नयाँ जनप्रतिनिधी स्थानीय सरकारले (१४२) एक सय बयालीस दिनमा गरेका कामकाज सार्वजनिक गरेका छन ।

कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले (१४२) एक सय बयालीस दिनमा थुप्रै नीतिगत अन्य प्रशासनिक जनमुखी काम भएको बताए । शिक्षा, स्वाथ्य र कृषिलाई प्राथमिकतामा राखेर कामकाज गरेको बताएका हुन ।

चालु आर्थिक बर्ष २०७९÷०८०मा १ अर्ब १३करोड, ९३ लाख २४ हजार ९ सय ७१ रुपैया ५४ पैसा बजेट ल्याउँदै कृषि,शिक्षा , उद्योग, स्वास्थ्य र पर्यटनलाई मध्य नजर गरी तयार पारेको बताएका हुन ।

गुलरियामा रहेको स्वास्थ्य सेवा केन्द्रलाई २४सै घण्टा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक सहित स्वास्थ्यकर्मी प्रबन्धन गरेर आयुर्वेद तर्फ समेत सेवा संचालन गरिएको छ ।

गर्भवती सुत्केरी, बिरामी, असक्त एव आर्थिक रुपमा अति विपन्न नागरिकका लागि कैलाली कञ्चनपुरका अस्पतालमा पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरिएको छ । वडाको सिफारिसमा आर्थिक रुपमा विपन्नलाई पनि नि:शुल्क सेवा प्रदान गरेका छौँ ।

नगरका कुनै नागरिक बिरामी भई रगत आवश्यक भएको खण्डमा निःशुल्क रगत सेवा समेत प्रदान गरिएको छ । बर्थिङ सेन्टरमा निशुल्क २ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवा संचालन गरिएको छ ।

नगरपालिकाबाट पानी पिच बाटोको लागि शुन्य बजेट छुट्याइएको छ । आफ्नै नगरपालिकाको उपकरण प्रयोग गरेर डिजल हालेर पानी पिच ,लगायत कार्य गर्दै छौं ।

नगरका सामुदायिक विद्यालयको सुधार एव शैक्षिक बृद्धिका लागि आवश्यक समस्या अध्ययन गरेर बजेट व्यवस्थापन गरिएको छ । कृषि क्षेत्रको विकासका लागि किसान परिचय पत्र वितरण कार्यक्रम शुरु गरिएको र बिउबिजन अनुदान व्यवस्था गरिएको छ ।

अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि ४ नम्बर वडाबाट जमिन नापजाँच गरिएको छ । १, २ र ९ मा नापी कार्य जारी रहेको रहेको बताउदै मेयर ओझाले ७ र ८ मा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पत्र पुर्जा दिने कार्यलाई वैधानिकता दिने कार्य गरिएको छ ।

छाडा पशु चौपाया व्यवस्थापन, शान्ति सुरक्षा, विकास निर्माण, नदी कटानी नियन्त्रण, जंगली जनावर आतङ्ग नियन्त्रण कार्य अघि बढाईएको बताए । कार्यालयको आन्तरिक सुशासनदेखि अन्य सबै योजना आर्थिक मसान्त सकिनु अघि जेठ मसान्तमै सक्ने योजना छ । मेयर ओझा आन्तरिक सुशासन र दिगो विकासमा म कटिबद्ध रहेको बताए ।

नगरपालिकाले चालु आर्थिक बर्षका लागि आन्तरिक आम्दानी बृद्धिका लागि खोला नदीनालाबाट रोयल्टी संकलनका लागि अघिल्लो सरकार भन्दा अहिलेको सरकारले राजस्व बृद्धि गरेको बताउँदै ईबिडिङ्ग मार्फत टेण्डर भएको र कुनै मिलोमतो नभएको भनेर कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले दावि गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin