कञ्चनपुरको बेलौरीमा मोटरसाइकल र गोरु गाडा एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ५ मैनाहा चोकमा मंगलबार साँझ सु प प्र ०१ –००११ प २४३२ नम्बरको मोटरसाइकल र गोरु गाडा एकापसमा ठोक्किँदा कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ३ बल्मी बस्ने ३० वर्षीय रमेश रानाको मृत्यु भएको छ। सोही मोटरसाइकलमा सवार १७ वर्षीय रोशन राना घाइते भएका छन । घाइतेलाई उपचारका लागि ईशान मेमोरियल अस्पताल बेलौरीबाट धनगढी रेफर गरिएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको भनेर ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन ।