७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

महेन्द्रनगरका तत्कालीन नगर विकास समिति अध्यक्षसहित ३७ जनाविरुद्ध मुद्दा दायर

खबर सम्बाददाता ३ कार्तिक २०७९, बिहीबार
महेन्द्रनगरका तत्कालीन नगर विकास समिति अध्यक्षसहित ३७ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेन्द्रनगरका तत्कालीन नगर विकास समिति अध्यक्षसहित ३७ जनाविरुद्ध मुद्दा दायर गरेका छ ।

आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी तथा मालपोत कार्यालय कन्चनपुरका तत्कालिन प्रमुख मालपोत अधिकृत र नापी कार्यालय कन्चनपुरका तत्कालीन प्रमुख नापी अधिकृतसमेत ३७ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आरोपमा विशेष अदालतमा पत्र दायर गरेको हो । 

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दोषी पाइएपछि उनीहरूविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin