बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र मा २०७९ कार्तिक ६ गते औपचारिक रुपमा बेलडाँडी गाउँपालिका प्रमुख हरिस चन्द्र राना र उप-प्रमुख शान्ति नाथ संयुक्त रुपमा सर्पदंश उपचार सेवाको उद्घाटन गरेका छन ।
कार्यक्रममा बेलडाँडी गाउँपालिकाका प्रमुख हरिश चन्द्र राना, उप-प्रमुख शान्ति नाथ ,बेलडाँंडी गाउँपालिका वडा नं १,२,र ५ का वडा अध्यक्ष ,सदस्य र बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजेन्द्र भट्ट , डा. रवि रोकाया र सम्पुर्ण कर्मचारीको उपस्थितिमा उद्घाटन भएको थियो ।

बेलडाँडी गाउँपालिकामा नयाँ स्थानीय सरकारमा आएको करिब ६ महिना मा बेलडाँडि प्राथमिक स्वास्थ्य केन्द्र मा रेबिज को उपचार , पोष्टमाटम सेवा , र आजबाट सर्पदंश को सेवा पनि सुचारु भएको छ ।
सबै सर्प बिषालु हुदैनन । सर्पको टोकाइबाट बचाउनको लागि हामीले प्राथमिक उपचार यस बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा गर्नेछौ । रिफर गरेको अस्पतालमा पुगुन्जेलमा सर्पदंशको प्राथमिक उपचारबाट ९० प्रतिशत ज्यान बच्ने सम्भावना हुन्छ भनेर डा. रवि रोकायाले बताएका छन ।