कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित जखौर बाबा युवा क्लबको प्रथम वार्षिक साधारण सभा मंसिर २४ गते सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सरस्वती मा.वि. मनेहराका प्र.अ. ज्ञानेन्द्र बहादुर शाह , विशिष्ट अतिथी धनगढी ७ का वडा सदस्य सरस्वती चन्द , समाजसेवी उद्दब बहादुर विष्ट , देवरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शारदा प्रसाद राना , अतिथी धनगढी-७ कि परिचालक बिन्दु चन्द , सम्पुर्ण साधारण तथा आजिवन सदस्यको उपस्थिति र सभापति जखौर बाब युवा क्लबका अध्यक्ष देव बहादुर सेठीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

जखौर बाबा युवा क्लबको आय ब्याय रु। ३ लाख ७ हजार ३ सय ७६ रुपैया मात्र रहेको जखौर बाबा युवा क्लबका कोषाध्यक्ष भजन रानाले प्रस्तुत गरेका थिए ।
कुनै पनि संस्थामा राजनीति गर्नु हुदैन । यदि राजनीति गर्यौ भने कुनै पनि संस्था अगाडि बढ्न सक्दैन । समाजलाई अगाडि बढाउनको लागि , विकास गर्नको लागि कुरिती र कुलत हटाउनको लागि युवाको ठुलो योगदान हुन्छ । यस क्लबले राम्रो काम गर्नेछ भनेर आशा पनि गरेको छु । यस क्लबको प्रगतिको लागि मेरो ब्यक्तिगत तथा बिद्यालयको तर्फबाट सहयोग गर्ने भनेर प्रमुख अतिथि ज्ञानेन्द्र बहादुर शाहले प्रतिबद्धता गरेका छन ।