१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

दाइजो कृषि सहकारी संस्था लि. को ११ औं वार्षिक साधारण सभा सम्पन्न

खबर सम्बाददाता २४ मंसिर २०७९, शनिबार
दाइजो कृषि सहकारी संस्था लि. को ११ औं वार्षिक साधारण सभा सम्पन्न

कैलालीको धनगढी उप-महानगरपालिका वडा  नं ७ स्थित दाइजो कृषि सहकारी संस्था लि. को आज मंसिर २४ गतेका दिन धनगढी-७ देवरियाको कचेहरी भवनमा ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि धनगढी उप-महानगरपालिका उप-प्रमुख कन्दकला राना ,विशिष्ट अतिथि धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , जिल्ला सहकारी संघका फणिराज सापकोटा , अतिथी देवरिया स.व.उ.स. का अध्यक्ष शारदा प्रसाद राना , नवज्योति कृषि सहकारी संस्था लि. का प्रतिनिधि पृथ्वी राना ,सम्पुर्ण अतिथि ,शेयर सदस्यको उपस्थिति र सभापति दाइजो कृषि सहकारी संस्था लि. का अध्यक्ष मान बहादुर रानाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।

दाइजो कृषि सहकारी संस्था लि. आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा २०१जना महिला ,३६२ जना पुरुष गरि शेयर सदस्य संख्या ५६३,हाल शेयर सदस्य संख्या ५७८ जना । शेयर पूंजी ५१लाख ६६ हजार मात्र रहेको छ ।निक्षेप बचत : ४करोड ४१ लाख ८२ हजार ३सय ४८रुपैयाँ ४४ पैसा मात्र रहेको छ । ऋण लगानी ३करोड २६लाख २९हजार ५सय ९६ रुपैया ४ पैसा मात्र रहेको छ भनेर दाइजो कृषि सहकारी संस्था लि. का अध्यक्ष मान बहादुर रानाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आर्थिक वर्ष २०७८/०७९ को वासलात गतवर्षको ४ करोड १७ लाख ५४ हजार ९ सय ९२ रुपैया ९३ पैसा र यस वर्षको ५करोड ३१ लाख ७१ हजार ७ सय २३ रुपैया ५९ पैसा रहेको छ । ब्यापार तथा नाफा नोक्सानमा गत वर्षको १ लाख ३३ हजार १ सय ९२ रुपैयाँ ६६ पैसा र यस वर्षको १ लाख २ हजार १ सय ७५ रुपैया ७ पैसा रहेको छ भनेर लेखापरीक्षण प्रतिवेदन लेखा समिती संयोजक नन्द गोपाल रानाले प्रस्तुत गरेका थिए ।

दाइजो कृषि सहकारी संस्था लि. आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय व्यायमा यस वर्षको ५४ लाख २९ हजार ८ सय २२ रुपैया ८३ पैसा मात्र रहेको थियो । अगामी लक्ष्य ७८ लाख ३५ हजार २ सय ८६ रुपैयाँ मात्र हुनेछ भनेर दाइजो कृषि सहकारी संस्था लि. का ब्यवस्थापक बासुदेव रानाले अनुमानित आय व्याय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कबिता राना, शिवराज राना , अनिता चौधरी र इश्वरी कुमारी चौधरी रानालाई संस्थाले प्रमुख अतिथि धनगढी उप-महानगरपालिका उप-प्रमुख कन्दकला रानाद्वारा सम्मान पत्र प्रदान गरेका थिए ।

अशिक्षाको रेखामुनि पहुचबाट पछाडि परेका थिए, ति वर्गले नै सहकारी संचालन गरेका छन् र ति सहकारी इमान्दारीका साथ अगाडी बढेका छन । सहकारीमा शेयर सदस्यले सहकारीमा किन लगानी गर्ने भनेर बुझनुपर्छ र सहकारी अगाडी बढ्‌नेछ भनेर जिल्ला सहकारी संघका फणिराज सापकोटाले बताएका छन ।

आज यो सहकारीको यस ठाउँमा छुट्टै पहिचान रहेको छ । यस सहकारीलाई अगाडी बढाउन‌को लागि केन्द्र , प्रदेश तथा स्थानीय सरकारमा हातोमालो गरेर सहयोगको लागि डेलिकेशनमा जानेछौ । यस सहकारीको  प्रगतिको लागि हामीपनि खट्ने छौ भनेर विशिष्ट अतिथ धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारुले बताएका छन ।

यस सहकारीले धेरै छोटो समयमा धेरै अगाडी बढेको छ । यो दाइजो कृषि सहकारी संस्थाले धेरै शिर्षकमा  उपलब्धी मुलक कार्य गरेको र गरीरहेको छ  । धनगढीलाई प्लास्टिक मुक्त पालिका बनाउने हो भने सम्पूर्ण नगरबासीले समान घरबाट झोला लैजाने कार्य गर्नुपर्ने छ ।शुन्यबाट सुरु हुँदै आजको समयमा यस संस्थाले करोडको लगानीमा कारोबार गरिरहेको छ । यस संस्थाले अझ  बढी प्रगति गर्नेछ भनेर प्रमुख अतिथि धनगढी उप-महानगरपालिका उप-प्रमुख कन्दकला रानाले बताएकि छिन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin