कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा आज मृत अवस्थामा फेला परेका छन्।
अध्यक्ष रानाका २० वर्षीय छोरा मनोज राना सोमबार दिउँसो लालझाडी गाउँपालिका वडा नम्बर २ स्थित जंगलको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।
अध्यक्ष रानाका छोरा एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन । घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ। घटना बारे इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले अहिले घटनास्थल मुचुल्का तयार पारिरहेको बताए । घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएका छन ।