कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित नवज्योति कृषि सहकारी संस्था लिमिटेडको आज पुष ९ गतेका दिन १४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व संबिधान सभा सदस्य तथा सुदुर पश्चिम प्रदेश सभा सदस्य माननीय मालामती राना, विशिष्ट अतिथि पुर्व संबिधान सभा सदस्य माननीय प्यारे लाल राना , धनगढी ७ का वडा अध्यक्ष मोति रानाथारु ,धनगढी १७ का वडा अध्यक्ष माधव राज राना , धनगढी ७ का वडा सदस्य बासु रानाथारु , निवर्तमान वडा सदस्य यमुना भट्ट जोशी , अर्जुन चौधरी ,नेपाली कांग्रेस कैलाली ५ का सभापति भिम पडाल , जिल्ला सहकारी संघका अध्यक्ष फणिराज सापकोटा अतिथी देवरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शारदा प्रसाद राना तथा सम्पुर्ण अतिथि ,शेयर सदस्यको उपस्थितिमा र धनगढी-७ का निवर्तमान वडा अध्यक्ष तथा नवज्योति कृषि सहकारी संस्था लि. का अध्यक्ष सिताराम रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

हामिलाई सुरुमा २५ जनाको एउटा समूह बनाउन धेरै कठिन भयो । हामिलाई विश्वास गरेर आजको समयमा करोडौको कारोबार गराउन सफल गर्नुहुने शेयर सदस्य नै हुन भनेर सम्पुर्ण अतिथि तथा शेयर सदस्यलाई स्वाग्त गर्दै कार्यसमितिका उपाध्यक्ष मेघनाथ रानाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

संस्थाको शेयर पुजी ८८ लाख ८४ हजार ४ सय रुपैया, शेयर सदस्य ८०१ जना र जगेडा कोषमा ४८ लाख ९४ हजार १९४ रुपैया ५३ पैसा रहेको छ । १२ करोड ७०लाख ३५ हजार ७ रुपैया ४८ पैसा निक्षेप संकलन रहेको छ । ११ करोड ४९ लाख ९७ हजार ९८२ रुपैया ऋण लगानी रहेको छ । ४० लाख ५६ हजार ९०६ रुपैया ८७ पैसा मुनाफा आर्जन गरेका छौ भनेर नवज्योति कृषि सहकारी संस्था लि. का अध्यक्ष सिताराम रानाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नवज्योति कृषि सहकारी संस्था लि.को आ.व. २०७८/०७९ को हिसाब परिक्षण सुचीमा गत वर्ष १४ करोड ६५ लाख ११ हजार ६०९ रुपैया ९९ पैसा र यश वर्ष १७ करोड ६१ लाख ९९ हजार ८९७ रुपैयाँ ३४ पैसा बराबर रहेको छ । आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब खातामा यस वर्ष १ करोड ७४ लाख ४५ हजार ५५१ रुपैया ३३ पैसा बराबार रहेको भनेर नवज्योति कृषि सहकारी संस्था लि. का ब्यवस्थापक उग्रसेन रानाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो सहकारीले धेरै छोटो समयमा ठुलो फड्को मारेको छ । रानाथारु समुदायलाई चिनाउने र दिगो रहेको सहकारीको रुपमा देखिरहेकी छु । पहिला थारु समुदायकाले बैंकमा ऋण लिन जादा महिनौ बित्थ्यो तैपनी ऋण मिल्थेना जबदेखि यो सहकारीको स्थापना भयो त्यही समय देखि सबैमा सहयोग पुगेको छ ।सहकारीले जीवन उकास्ने काम गरेको छ । सहकारीमा हामी सबैले शेयर सदस्य लिएर जोडिनुपर्छ । यो सहकारी पहिले भाडामा थियो तर अहिले यो सहकारी आफ्नै जग्गामा भवन बनाउन सफल भएको छ ।मैले पनि यो सहकारीको उन्नति प्रगतिको लागि ४० लाख सहयोग गरेको थिए । ब्यावसयको योजना अनुसार यो सहकारी चल्यो भने अगाडी बढ्न सक्छ र समाजमा परिवर्तन पनि हुन सक्छ भनेर प्रमुख अतिथि पुर्व संबिधान सभा सदस्य तथा सुदुर पश्चिम प्रदेश सभा सदस्य माननीय मालामती रानाले बताएकी छिन ।

यो सहकारी यस क्षेत्रको अगुवा सहकारी रहेको छ । देश सहकारी मए भएको छ घरघरमा सहकारीका शेयर सदस्यहरु रहेका छन । शिक्षा ,स्वास्थ्य र कृषि क्षेत्रमा सहकारीले टेवा पुर्याएको छ । अरु भन्दा फरक तरिकाले लक्ष्य र उद्देश्य अनुसार यो सहकारी अगाडी बढेको छ । यस सहकारीमा कुनै पनि कमि नरहेको भनेर बिशिस्ट अतिथि जिल्ला सहकारी संघका अध्यक्ष फणिराज सापकोटाले बताएका छन ।

अहिलेसम्म पनि सरकारले कृषि क्षेत्रमा ध्यान दिएको छैन । रासायनिक मल बिना खेती गर्न सकिदैन हामी किसानहरुलाई रासायनिक मलको अभाब रहेको शेयर सदस्य अन्तराम चौधरीले बताएका छन ।
आ.व. २०७८/०७९ मा उत्कृष्ट बचत कारोबार गरि सहयोग गरिदिएकोमा नवज्योति कृषि सहकारी संस्था लि. ले ३० जना शेयर सदस्यलाई सम्मान गरेको थियो ।



यो प्रगति शेयर सदस्यको देन हो । सहकारीको स्थापना गरेर यश क्षेत्रका धेरै ब्यक्तिहरुलाई सहयोग पुगेको छ । बचत गर्न सिकेका छन ।अहिलेको समयमा घरमै सहकारी भएर धेरै सजिलो भएको छ । २०७४ सालमा निर्वाचित वडा अध्यक्ष सिताराम रानाले यहि ७ नं वडामा धेरै कामहरु गरेका छन । हामी धनगढी वडा नं ७ र यो सहकारीको बिचमा सहकार्य गरेर जानुपर्छ । अहिले पनि निवर्तमान वडा अध्यक्ष सिताराम रानाको आवश्यक छ । हामी ७ नं वडाको बिकासको लागि सहकार्य गरेर जानू पर्छ। हाम्रो सिद्धान्त फरक छ तर सिताराम राना र मेरो सम्बन्ध नङ्ग र मासु जस्तो रहेको छ भनेर पनि सम्पुर्णमा जानकारी गराउन चहान्छु । चौलानी , भाट- भटेनी जस्ता टाढा किन जाने घरायसी समानहरु हामिले नवज्योति सुपथ मुल्य पसलमा किन्नुहोस तपाईं सम्पुर्ण शेयर सदस्यको फाईदा हुनेछ भनेर बिशिस्ट अतिथी धनगढी ७ का वडा अध्यक्ष मोति रानाथारुले बताएका छन ।

यो सहकारीलाई स्थापना गर्दा १२ लाख थियो तर अहिलेको समयमा प्रगति गर्दा यो सहकारीमा अहिले १२ करोडको कारोबार गरिरहेको छ । यसले संस्थाको प्रगति १०० गुणा बढी भएको छ । कारोबार बढी भएको र शेयर पुजी कम भएकोले सम्पुर्ण शेयर सदस्यले शेयर रकम बढाउन वा नया शेयर सदस्य बनाउन पहल गर्न भुमिका खेल्नुपर्ने देखिन्छ भनेर विशिष्ट अतिथी संबिधान सभा सदस्य प्यारे लाल रानाले बताएका छन ।

१५ वर्ष अगाडिको समयमा ठुला बैंकहरुमा पहुच थिएन । २०६७ सालमा सहकारीको स्थापना संगै दर्ता गरायौ ।स्थापनाकालमा धनगढी वडा नं ७ र८ मा मात्रै कार्य क्षेत्र रहेको थियो । त्यसपछि धनगढीको १९ वडामा कार्य क्षेत्र विस्तार गर्यौ । शेयर सदस्यहरु ढुक्क संग ऋण लिनुस , बचत गर्नुस र ब्याज तिर्नुस । हामी तपाईलाई १७/१८% लाभांश र १५ लाख ८१ हजार ९० रुपैया बराबरको लाभांशको लागि बिनियोजन गरेका छौ । यदि सहकारीमा बचत गर्नु भयो भने ब्याज र लाभांश पाउनुहुनेछ त्यसैले सहकारीमा बचत गर्ने बानि बनाउनुहोस भनेर सभापति नवज्योति कृषि सहकारी संस्था लि. का अध्यक्ष सिताराम रानाले बताएका थिए ।
