१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

लालझाडीमा फाल्गुन ३० र चैत १ गते खखडेहरा महोत्सव लाग्ने

खबर सम्बाददाता १७ फाल्गुन २०७९, बुधबार
लालझाडीमा  फाल्गुन ३० र चैत  १ गते खखडेहरा महोत्सव लाग्ने

राना थारु समुदायकाे विशेष महत्त्वपूर्ण चाड खखडेहरा पर्वकाे अवसरमा लालझाडीमा दुई दिने खखडेहरा महाेत्सव लाग्ने भएकाे छ ।

राना थारु कला संस्कृतिक संरक्षण प्रबर्द्धनका लागि महाेत्सव लाग्ने भएको अायोजकले जनाएको छ । रानाथारू कला संस्कृति संरक्षण तथा विकास मञ्चकाे आयाेजनामा उक्त दुईदिने महाेत्सव हुन लागेको मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ ।

लालझाडी गाउँपालिका ३ नन्द गाउँकाे खेल मैदानमा फाल्गुन ३० र चैत १ गते महाेत्सव हुने मञ्चका अध्यक्ष नारायण रानाले बताए । उहाका अनुसार होली पर्वको अन्त्य सँगै राना समुदायकाले मनाउने खखडेहरालाई महोत्सव मार्फत प्रदर्शन गर्ने बताए ।

महोत्सवमा रानाथारु कला संस्कृति झल्किने साँस्कृतिक झाँकि प्रदर्शन , स्थानिय कलाकारकाे नृत्य तथा गायन प्रस्तुति , जनचेतनामूलक नाटक , रानाथारु समुदायको खानाको परिकार आदिकाे प्रदर्शनी समेत रहने युवा समाजसेवी अम्मर रानाले जानकारी जानकारी गराउनु भयो । यस वर्ष रानाथारु समुदायले चैत १ गते खखडेहरा पर्व मनाउदैछन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin