राना कला संस्कृति संरक्षण तथा बिकास मन्चको आयोजनामा लालझाडी गाउँ पालिका-३,नन्द गाउँमा रानाथारु समुदायको खखडेहरा पर्बको अवसरमा महोत्सव २ दिने खखडेहरा महोत्सव लाग्ने भएको छ । अन्य महोत्सव भन्दा भिन्नै उद्देश्य बोकि लाग्ने यस खखडेहरा महोत्सवमा साँस्कृतिक र मनोरन्जनात्मक सँगै जनचेतना मुलक अभियानको रुपमा लाग्ने भएको छ । रानाथारु समुदायमा शिक्षामा नकारात्मक प्रभाव पार्ने विभिन्न समाजिक साँस्कृतिक बिकृती विरुद्धको अभियानको रुपमा लाग्ने यस महोत्सव सम्बन्धमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।
अन्य महोत्सवहरुमा उपेक्षित यस क्षेत्रका रानाथारु कलाकारहरुको बिशेष प्रस्तुति का साथै लाइभ म्युजिक ब्यण्ड, साँस्कृतिक झाँकीहरु, रानाथारु परिकारका साथै जनचेतना मुलक नाटक लगायत अन्य थुप्रै प्रदर्शनी रहने आयोजक संस्थाका अध्यक्ष नारायण रानाले जानकारी दिनु भएको छ । दिनानुदिन रानाथारु समुदायमा शिक्षाको गुणस्तर ह्रास हुनु, समाज पछाडि पर्नुका सामाजिक साँस्कृतिक कारणहरु विरुद्ध लाग्ने “अगर भबिष्य बनान हए इच्छा, तओ आजस् देओ नैतिक औ गुणस्तरिय शिक्षा” मूल नाराका साथ संचालन हुन गैरहेको यस खखडेरहा महोत्सव २०७९ निशुल्क रुपमा सबैले अवलोकन गर्न पाउने छन भनेर महोत्सव संचालन संयोजक अमर सिंह रानाले बताउनु भएको छ । यो महोत्सव मनोरञ्जनमा मात्रै सिमित नरहेर समाजिक बिकृती विरुद्धको अभियानको रुपमा सुरुवात हो र निरंन्तरताको लागि सबै सामाजिक अगुवा, बुद्धिजीवी, राजनितिकर्मी, ब्यपारी, भलमन्सा, शिक्षक, विद्यार्थी लगायत सम्पुर्णमा हातेमालो र सहयोगको आपेक्षा सहित आव्हान समेत गर्दछौं भनेर संस्थाका सचीव भानुप्रताप रानाले बताउनु भएको छ । सो महोत्सव रानाथारु समुदायको खखडेहरा पर्वको अवसरमा फागुन ३० र चैत १ गते लाग्ने भएको छ, खखडेरा रानाथारुको मौलिक पर्व हो सो पर्बमा सुप सरकारले बिदा दिने गरेको छ । आदिवासी रानाथारु समुदायको मूल्य मान्यता अनुसार होरि को औपचारिक बिदाइ सँगै प्रेत आत्मा वा गलत तत्वहरुलाई हरेक गाउँलेहरु संयुक्त रुपमा बिहानै गाउँबाट टाढा लगेर कुटेर (खखडेहरा फुटाएर) खखडेहरा मनाउने गरिन्छ । रोग ब्यधी, प्रेत आत्मा जस्ता गलत तत्वको अन्त्य पछि खुसियाली मनाउने चलन छ । परंरागत मान्यता त्यो भएपनी बर्तमान समाजमा थुप्रै गलत तत्वहरु समाजमा सहज रुपमा स्विकार्दै आएकाले शिक्षा जस्तो अपरिहार्य आवस्यकता पछाडि परेकोले त्यस्ता कुरितिहरुलाइ सबैले यस खखडेहराबाट अन्त्य गर्ने गरि बिस्तारै उज्ज्वल समाजको कल्पना र अभियानको रुपमा खखडेहरा महोत्सव लाग्ने भएको छ भनेर अध्यक्ष रानाले बताउनु भएको छ ।