१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

थारु चलचित्रका निर्माता तथा कलाकार चौधरीको निधन

खबर सम्बाददाता १९ फाल्गुन २०७९, शुक्रबार
थारु चलचित्रका निर्माता तथा कलाकार चौधरीको  निधन

थारु चलचित्रका निर्माता तथा कलाकार परशुराम चौधरीको ४५ वर्षको उमेरमा युरोपको पोर्चुगलमा निधन भएको छ । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि दुई महिना अघि अस्पताल भर्ना गरिएका चौधरीको उपचारकै क्रममा शुक्रवार मृत्यु भएको हो । अस्पतालले चौधरीको हृदयघातबाट मृत्यु भएको बताएको छ ।

चर्चित बृत चित्र कमैयामा चौधरीले प्रमुख पात्रका रुपमा भूमिका निर्बाह गरेका थिए । चौधरीकै अभिनय तथा लगानीमा थारु चलचित्र बौछार, जीवन एक लदिया हो लगायतका चलचित्र निर्माण भएका थिए ।अन्तर्राष्ट्रिय करातेका खेलाडी समेत रहेका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए ।

धनगढी उपमहानगरपालिका–१ शिवनगरका स्थायी बासिन्दा रहेका चौधरी २०११ युरोप गएका थिए । केही वर्ष बेल्जियममा बसेका चौधरी २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए । स्वर्गीय चौधरीकी आमा, दुई पत्नी र तीन छोरी  छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin