रानाथारु समुदायको महान पर्व होरिको बिदाइको रुपमा मनाइने खखडेहरा पर्बको पुर्ब सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो पर्बको अवसरमा लालझाडी गा.पा-३, नन्दगाउँमा दुई दिने खखडेहरा महोत्सव आयोजना हुन गैरहेको छ ।

रानाथारु समुदायमा शिक्षालाई प्रभावित पार्ने समाजिक आयोजना हुने साँस्कृतिक बिकृतिहरुका विरुद्ध अभियानको रुपमा खखडेहरा महोत्सव को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको जानकारी कार्यक्रम संयोजक अमर रानाले बताउनु भएको छ । रेडक्रस लालझाडी को प्राबिधिक सहयोगमा सो कार्यक्रम गरिएको थियो । खखडेहराको अवसरमा सुप सरकारले कैलाली कंचनपुरमा बिदा दिने गरेको छ ।