१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

पुनर्वासमा चराई महोत्सव तथा होरी विदाई कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ५ चैत्र २०७९, आईतवार
पुनर्वासमा चराई महोत्सव तथा होरी विदाई कार्यक्रम सम्पन्न

कञ्चनपुरकाे पुनर्वासमा रानाथारु समुदायकाे चराई महोत्सव तथा होरी विदाई कार्यक्रम सम्पन्न भएको छ । हिजो शनिवार राना समुदायको महत्त्वपूर्ण चाड होली पर्वको समापनको अवसर पारेर पुनर्वास नगरपालिकाले चराई महोत्सव तथा होलि विदाई कार्यक्रम आयोजना गरेको हो । पुनर्वास नगरपालिकाको पैसट्ठी बिघाको मैदानमा उक्त कार्यक्रम को आयोजना गरिएको थियोे । पुनर्वास नगरपालिका उपप्रमुख भुलिया कुमारी रानाको सभापतित्व, नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रमको विशिष्ट अतिथिमा पुनर्वास नगरपालिका निवर्तमान नगरप्रमुख जीवनराज थापा तथा निवर्तमान उपप्रमुख शारदा बिष्ट हुनुहुन्थ्यो । त्यसैगरी अतिथिका रुपमा पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामा, वडानम्बर २ का वडाध्यक्ष डम्बर थापा लगायतका जनप्रतिनिधिहरु तथा थारु समाजसेवी र बुद्धिजीवीहरु हुनुहुन्थ्यो ।
कार्यक्रममा मुख्य आकर्षणका रुपमा रानाथारू नेपाली राष्ट्रिय तथा स्थानीय कलाकारहरु र छिमेकी राष्ट्र भारतबाट आउनुभएका रानाथारु कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा रानाथारु कलाकार लक्ष्मी राना र भारत उत्तराखण्डका बण्टी राना र रिङ्कु राना सहितको टिमले जोडदार प्रस्तुति दिएका थिए । जसले दर्शक श्रोतालाई भरपुर मनोरञ्जन दिएको थियोे ।
कार्यक्रममा राना थारुको संस्कृति झल्काउने भेषभूषा, नृत्य तथा विभित्र परिकारहरुको समेत प्रदर्शन गरिएको थियोे । त्यसैगरी कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख तोय प्रसाद शर्माले रानाथारु जाति संस्कृतिका हिसाबले अत्यन्तै धनी रहेको बताउनुहुँदै यसलाई जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
त्यसैगरी सभापतिको आसनबाट बोल्दै उपप्रमुख भुलिया रानाले नगरप्रमुख तोय प्रसाद शर्मा लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin