१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

आगलागी पीडित मुक्तकमैया विपतपुर बस्तीमा निर्माणाधिन सुरक्षित आवासको अनुगमन

खबर सम्बाददाता १४ चैत्र २०७९, मंगलवार
आगलागी पीडित मुक्तकमैया विपतपुर बस्तीमा निर्माणाधिन सुरक्षित आवासको अनुगमन


कैलाली जिल्ला कैलारी गाउँपालिका–७ स्थित आगलागी पीडित मुक्तकमैया विपतपुर बस्तीमा निर्माणाधिन सुरक्षित आवासको अनुगमन गरिएको छ ।
गत बैशाख ११ गतेको भिषण आगलागीबाट पूर्णरुपमा क्षति भएको २७ घरलाई सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, हेविटयाट फर हुमानिति नेपालको आयोजनामा र राष्ट्रिय दलित नेटवर्कको समन्वय, कैलारी गाउँपालिकाको सहकार्यमा यहि पुस १० गतेबाट सुरु भएको थियो ।
निर्माणाधिन सुरक्षित आवास कार्यक्रमको सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मदनसिंह धामी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमलराज ढकाल, प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेल, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव टिकाराम थापा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव यूवराज बस्नेत, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, हेविटयाट फर हुमानिति नेपालका कन्ट्री डाइरेक्टर एलिजा स्थापित, परियोजना प्रबन्धक पुनिता चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बहादुर बम, आरडिएनका महासचिव मोहन वड, केन्दीय सदस्य श्याम सुनार, हेविटयाट फर हुमानिति नेपालका इन्जिनियर अनुजराज जोशी, विल्ड अप नेपालका इन्जिनियर गेहेन्द्र कटुवाल, हेविटयाट फर हुमानिति नेपालका ज्योति भण्डारीलगायतको उपस्थितिमा अनुगमन कार्यक्रम भएको छ ।
अनुगमनका क्रममा मन्त्रालयका सचिव डा. मदनसिंह धामी, कमलराज ढकाल, प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेल काम समयमा सक्ना आग्रह गरेका थिए । त्यसैगरी कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी विपतपुरमा आगलागी भएको दिनदेखि त्यसको निकासका लागि प्रदेश सरकारसँग आग्रह गर्दै आएको बताए । उहाँले भने,‘बैशाख ११ खेतबाट सल्केको आगो बस्ती सम्म पुग्दा यस ठाउँको २७ घर जलेर खरानी भयो । बस्तीमा रहेको अरु घरमा पनि क्षति भएको थियो ।’ स्थानीय चुनाव पछि प्रदेश र संघको चुनावले गर्दा काम अगाडी बढाउन सकेको थिएन, उहाँले भने ।
निर्माणधिन सुरक्षित आवासको गाउँपालिकाबाट निशुल्क नक्सा पास गर्ने गाउँपालिका अध्यक्षले बताए ।
हेविटयाट फर हुमानिति नेपालका इन्जिनियर अनुजराज जोशी यस परियोजनाको अवधि २०८० जेठ मसान्तसम्मा रहेपनि बैशाख मसान्तभित्रै समापन गरि जेठ पहिल साता हस्तान्तरण गर्नेगरी काम भइरहेको बताए ।
हयाविटयाट नेपालका कार्यक्रम संयोजक राममनि चौधरी निर्माण भईरहेको घरमा दुई वटा कोठा, बरण्डा, त्यसमा जोडिएको एउटा भान्सा कोठा र चर्पी रहेको बताए । कोठाको साइज १० वाई १२ रहेको छ । घरको वाल पीभिसी व्लक र माथि जस्तापाता रहने उहाँले जनाए ।
निर्माणाधिन २७ घरको अनुमान लागत १ करोड बयासी लाख १२ हजार ७७६ रुपैया ९० पैसा रहेको छ । त्यसमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सुदूरपश्चिम प्रदेशबाट ९० लाख र सुरक्षित आवास परियोजनाबाट (हयाविटेट फर हुमानिटि नेपाल) ५४ लाख र राष्ट्रिय दलित नेटवर्क नेपालबाट सामाजिक परिचालन रहेको छ । भने लाभग्राही समुदायबाट जनश्रमदान ३८ लाख १२ हजार ७७६ रुपैया रहेको हयाविटेट फर हुमानिटि नेपालका परियोजना प्रवन्धक पुनिता चौधरीले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin