पटेला सामुदायिक वनको १२औं वार्षिक साधारणसभा सम्पन्न
धनगढी, १२ चैत । कैलालीको धनगढी उपमहानगरपालिका–७ पटेलमा रहेको पटेला सामुदायिक वन उपभोक्ता समुहको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
धनगढी उपमहानगरपालिका–७ का वडा अध्यक्ष मोतिराम रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उहाँ पटेला सामुदायिक वनले सामाजिक सेवा र विकासका काममा स्थानीय सरकारलाई सहयोग गर्दै आएको बताए ।
धनगढी उपमहानगरपालिका वडा कार्यालयको सिमिति बजेट भएकोले वडाभित्रका सबै समस्या समाधान हुने गरी काम गर्न सकेको छैन,’ वडा अध्यक्षले भने, पालिकाले गर्ने कतिपय काम समुदायि वनले पनि सहयोग गरेको छ ।’
सामाजिक विकासका काममा एकजुट भई लाग्नुपर्ने भन्दै पटेला सामुदायिक वनले शिक्षा, रोजगारी, खेलकुदका साथै सामाजिक क्षेत्रमा लगानी गरेको बताए । उहाँले वडा भित्र स्मार्ट पार्क बनाउने कार्य अघि बढेको भन्दै पटेला थारु साँस्कृृतिक संग्राहलयलाई सुचारु गर्न आम्दानीका स्रोतमा बृद्धि गर्न सक्ने बताए ।
कार्यक्रममा डिभिजन वन कार्यालयका फरेस्टर रमेश बोगटी, बेली मिलन सामुदायिक वनका अध्यक्ष लाल बहादुर खलौला, देवहरिया सामुदायिक वनका सचिव संगिना जागरी, पटेला स्मार्ट यूवा क्लवका अध्यक्ष मुकेश चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पटेला सामुदायिक वन उपभोक्ता समुहका सचिव चन्द्रा चौधरीले सामुदायिक वनको अवस्था र आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक प्रगति विवरण, समुहका कोषाध्यक्ष विके राम खाती आर्थिक बर्ष २०७८÷०७९ सालको लेखा परिक्षण प्रतिवेदन र समुहका सल्लाहकार संयोजक अनन्तराम चौधरीले आर्थिक बर्ष २०७९÷०८० सालको प्रस्तावित कार्यक्रमबारे जानकारी गराएका थिए ।
पटेला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अर्जुन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धर्मराज चौधरी स्वागत मन्तव्य र सचिव चन्द्रा चौधरी कार्यक्रम संचालन गरेका थिए ।