१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

लालझाडीको भानु मा वि मा सिभिल ईन्जिनियरिङ्ग पढाई हुने

खबर सम्बाददाता ५ बैशाख २०८०, मंगलवार
लालझाडीको भानु मा वि मा सिभिल ईन्जिनियरिङ्ग पढाई हुने

facebook sharing button
messenger sharing button

कंचनपुरको दक्षिणी क्षेत्र लालझाडी गाँउपालिकामा रहेको भानु माध्यामिक विद्यालयलमा सिभिल ईन्जिनियरिङ्ग पढाई हुने भएको छ । लालझाडी गाँउपालिका २ कञ्जमा रहेको भानु माध्यामिक विद्यालयमा चालु शैक्षिकसत्र ०८० देखि सिभिल ईन्जिनियरिङ्ग पढाई हुने भएको हो । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको गत २९चैत्र ०७९ मा मन्त्रीस्तरिय निर्णयबाट प्राविधिक धार तर्फ कक्षा (९–१२)मा सिभिल ईन्जिनियरिङ्ग पढाईको अनुमती दिने निर्णय गरेको थियो । भानु माध्यामिक विद्यालयका प्रद्यानाध्यापक बेद प्रसाद उपाध्यायले विद्यालयबाट माग भए बमोजिम शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको निर्णय अनुरुप ईन्जिनियरिङ्ग विषय पढाईका लागि अनुमती पाएको बताए । प्रअ उपाध्यायले सिधै मन्त्रालयबाट अनुदान उपलब्ध गराउने गरी ईन्जिनियरिङ्ग विषय पठन पाठन गराउने भानु विद्यालय कञ्चनपुरकै पहिलो भएको दावि गरेका छन ।

भानु माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकास रानाले ग्रामिण भेगमा प्राविधिक शिक्षा संचालन गर्ने योजना अनुरुप शिक्षा मन्त्रालयबाट अनुमती पाएसंगै चालु शैक्षिकसत्रदेखि नै कक्षा संचालन हुने बताए । तेस्रो कार्यकालका लागि अध्यक्ष भएका लालझाडी एमाले युवा नेता प्रकास रानाले आफुले पहिलेदेखि नै ग्रामिण थारु बाहुल्य बस्तीमा प्राविधिक शिक्षा संचालन गर्ने योजना अनुरुप आज आएर सरकारले पुरा गरेको बताए । ‘अब गाँउका विपन्न गरिब, किसानका छोराछोरीले घरआँगनमै प्राविधिक शिक्षा अध्ययन गर्न पाउनेछन, ‘उनले भने, ‘यस कार्यमा स्थानीयदेखि केन्द्र सरकारप्रति हामी आभार छौँ ।’ गाँउमै प्राविधिक शिक्षा संचालन हुने भएपछि स्थानीय समेत हर्षित भएका छन ।

स्थानीय गम्बर रानाले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकार र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राई नेतृत्वको मन्त्रालयबाट ग्रामिण भेगको विद्यालयका प्राविधिक धार कक्षा संचालनका लागि अनुमती दिने निर्णयबाट गाँउबासी खुसी भएको बताए । ‘संघीय सरकारले वास्तविक रुपमा लालझाडीका जनताको पीडा बुझेर यो निर्णय गरेको छ, ‘उनले भने, ‘अब सरकारले बजेट जनशक्ति सहितका कार्यक्रम दिन कुनै कसर बाँकी राख्न हुन्न ।’ यस अघि गाँउमा पं्राविधिक धारका विद्यालय नहुँदा लालझाडीका जनता मोटो रकम खर्च गरेर विभिन्न स्थानमा अध्ययनका लागि जानुपर्ने बाध्यता हटेको छ । विद्यालयले समेत समयमै आएर भर्ना गर्न आब्हान गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin