३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

लालझाडीमा सुर्तिजन्य पदार्थ र मादक पदार्थ सेवन न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

खबर सम्बाददाता १५ बैशाख २०८०, शुक्रबार
लालझाडीमा सुर्तिजन्य पदार्थ र मादक पदार्थ सेवन न्यूनीकरणका  लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुरको लालझाडी गाउँपालिकामा सुर्तिजन्य पदार्थ र मादक पदार्थ सेवनको न्युनीकरणका लागि सञ्चार एवम् कोभिड-१९ लगायतका महामारीजन्य रोगहरुको रोकथाम र न्यूनीकरणका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको छ । लालझाडी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार गाउँपालिकाकै सभाहलमा गरिएको अन्तरक्रिया कार्यक्रममा सुर्तिजन्य पदार्थ र मादक पदार्थ सेवनको न्युनीकरणका लागि सञ्चार एवम् कोभिड-१९ लगायतका महामारीजन्य रोगहरुको रोकथामका लागि नियन्त्रण तथा निराकरणका सन्दर्भमा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरिएको हो ।

सुर्तिजन्य पदार्थ र मादक पदार्थ सेवनको न्यूनीकरण गर्नको लागि हामी सबैले एक हुनुपर्छ । हामी स्वास्थ्य भयौ भने हाम्रो गाउँ,वडा र पालिका स्वास्थ्री रहन्छ । ब्यापारीहरुले पनि कुनै सार्वजनिक स्थल भन्दा १०० मिटरको दुरीमा सुर्तिजन्य पदार्थ र मादक पदार्थहरु खुल्ला रुपमा बिक्रि बितरण गर्दा न्यूनीकरण हुन सक्छ भनेर लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले बताएका छन ।

सुर्तिजन्य पदार्थ र मादक पदार्थ सेवनले समाजमा विकृति बढ्दै गएको र यसले मानव स्वास्थ्यमा समेत नराम्रो असर पारिरहेको हुँदा यसको न्युनीकरणका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको कार्यक्रमका प्रशिक्षक एवं लालझाडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक खगेन्द्र चौधरीले बताएका छन ।

पछिल्लो समयमा कोभिड-१९ लगायतको प्रकोप समेत बढ्दै गएकोले महामारी नियन्त्रणका लागि पनि सबै पक्षको भूमिका अपरिहार्य रहेको उहाँको भनाइ छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा लालझाडी गाउँपालिका उप-प्रमुख सपना चौधरी राना लगायत सबै वडाका वडाध्यक्षहरू, गाउँपालिकामा कार्यरत सम्बन्धित कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू, सञ्चारकर्मीहरू लगायतको  सहभागिता रहेको थियो ।

फोटो फिचर:-

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin