२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

लालझाडीको देखतभुली स्वास्थ्य चौकीमा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सम्पन्न

खबर सम्बाददाता २७ बैशाख २०८०, बुधबार
लालझाडीको देखतभुली स्वास्थ्य चौकीमा  किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सम्पन्न

लालझाडी गाउँपालिका वडा नं. ५ मा रहेको देखतभुली स्वास्थ्य चौकी मा बैशाख २६ गते किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सम्पन्न भएको छ।

किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ अनुसार लालझाडी गाउँपालिका वडा नं. ५ को देखतभुली स्वास्थ्य चौकी मा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो।

स्वास्थ्य सेवामा किशोरकिशोरीहरुलाई असहज भएकाले लालझाडीले देखतभुलि स्वास्थ्य चौकी लाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरेको र किशोरकिशोरीका समस्याको समाधान गरेर सेवा सुविधा प्रदान गर्ने योजना रहेको लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल रानाले बताएका छन् । आफ्नो गाउँपालिका भित्रकै वडामा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्दा आफु निकै खुशी भएको पालिका अध्यक्ष रानाले बताएका छन् ।

कार्यक्रममा लालझाडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष एवं देखतभुली स्वास्थ्य चौकी संचालक समितिका अध्यक्ष पहल बहादुर थापा सभाअध्यक्ष रहेका थिए भने प्रमुख अतिथी मा लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना रहेका थिए, विशिष्ट अतिथिमा लालझाडी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्ट, स्वास्थ्य कार्यलय कञ्चनपुरका अधिकृत, महाकाली प्रादेशिक अस्पतालका प्रतिनिधि रहेका थिए। त्यसैगरी अतिथिमा स्थानिय समाजसेवी लगायतका स्थानीय बासिन्दाहरु रहेका थिए।

संबंधित लाभ उठाउनु भो भने दुर्घटना बाट बच्न सकिन्छ, ९०% भन्दा बढी किशोरकिशोरी मैत्री भएकाले राम्रो स्वास्थ्य सेवा पाएकोमा मा आफू विश्वस्त रहेको लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले बताएका छ्न्।

जिल्लामै आफ्नो वडालाई पहिलो किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाको रुपमा देखतभुली स्वास्थ्य चौकीलाई घोषणा गरेको र घोषणा गर्नपाउदा निकै खुशी रहेको लालझाडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष पहल बहादुर थापाले बताएका छन् । स्वास्थ्य र शिक्षा हाम्रो पहिलो प्राथमिकता रहन्छ हामी एकदमै जिम्मेवार भएर लाग्नेछौ । किशोरकिशोरीका हरेक स्वास्थ्य समस्या मा सहजीकरण हुनेछ र अब किशोरकिशोरी मैत्री स्वास्थ्यको घोषणा गर्नपाउदा हाम्रा लागि ठूलो सफलताको दिन हो; वडा अध्यक्ष थापाले भनेका छन् ।


लालझाडी गाउँपालिका मा रहेका हरेक आधारभूत स्वास्थ्य चौकी लाई अब किशोर किशोरी मैत्री बनाउन आफुहरु लागि पर्ने र नागरिकको हरेक स्वास्थ्य समस्या समाधानका लागि नविनतम प्रयासहरु सुरु भएका छन् । गुणस्तरीय स्वास्थ्य सेवाका लागि विभिन्न कार्यक्रम जस्तै “गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम” भएका लालझाडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी ले बताएका छ्न् 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin