३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

लालझाडीमा विश्व वातावरण दिवसमा वृक्षारोपण र सरसफाइ

खबर सम्बाददाता २२ जेष्ठ २०८०, सोमबार
लालझाडीमा विश्व वातावरण दिवसमा  वृक्षारोपण र सरसफाइ
facebook sharing button
twitter sharing button
sharethis sharing button

विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरमा पनि विविध कार्यक्रम गरिएको छ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ लालझाडीमा वृक्षारोपण र सरसफाइ कार्यक्रम गरिएको छ । मर्सिकोर र निड्स नेपालको साझेदारीमा सञ्चालित एमरेड परियोजना र फेल्म नेपाल र लिवर्डद्वारा सञ्चालित सक्षम परियोजनाको आर्थिक सहयोग तथा व्यवस्थापनमा लालझाडी गाउँपालिकाले सोमबार लालझाडी गाउँपालिका वडा नम्बर २ कञ्ज स्थित दोदा नदीको तटीय क्षेत्रमा वृक्षारोपण र  कञ्ज बजारमा सरसफाइ गरिएको हो ।

1140x725

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्ट, वडा नम्बर २ का वडाध्यक्ष आशाराम राना, वडा नम्बर ५ का वडाध्यक्ष पहल बहादुर थापा लगायतका जनप्रतिनिधिहरू, कर्मचारीहरू समेतको सहभागितामा उक्त कार्यक्रम गरिएको बताइएको छ । कञ्ज बजार सरसफाइमा विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो । त्यस क्रममा पसल सञ्चालकहरूलाई पसलबाट हुने फोहोर व्यवस्थापनका लागि अनुरोध समेत गरिएको छ । सन् १९७३ देखि मनाउन सुरु गरिएको विश्व वातावरण दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखका दिन यो दिवस विश्वभर मनाउने गरिन्छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin