३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

लालझाडीमा आ.व. ०८०/०८१ का लागि रु. ४६ करोड ४४ लाख ४९ हजार ८०० बराबरको बजेट सार्वजनिक

खबर सम्बाददाता १० असार २०८०, आईतवार
लालझाडीमा आ.व. ०८०/०८१ का लागि रु. ४६ करोड ४४ लाख ४९ हजार ८०० बराबरको बजेट सार्वजनिक

कञ्चनपुरको लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ४६ करोड, ४४ लाख, ४९ हजार ८०० बराबरको बजेट सार्वजनिक गरेको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभाध्यक्षतामा आइतबार आयोजित गाउँ सभा तथा चौधौँ अधिवेशनमा अध्यक्ष रानाले नीति, कार्यक्रम र उपाध्यक्ष सपना चौधरी रानाले बजेट प्रस्तुत गर्नु भएको हो । लालझाडी गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ,  स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता आशाराम रानाले बताउनु भएको छ । त्यस्तै गाउँपालिकाका प्रत्येक वडालाई न्युनतम् ४० लाखदेखि अधिकतम् ५५ लाखसम्मको रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । नगर सभाले आइतबार नै उक्त नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको लालझाडी  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले जानकारी दिनुभयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin