२०८० असार २८ गते विहीबार गौरीगंगा न. पा. ०९, का प्रस्तावक स्व. रंगा देवि बोहरा का श्रीमान गणेश बहादुर बोहरालाई ११ लाख ३० हजार रुपैया प्रदान गरेको हो ।
कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सेना, अत्तरीया शाखा प्रमुख लक्ष्मण महता लगाएत एजेन्सि मेनेजर जयन्ति भण्डारी, मैना कुमारी बोहरा, महामति कुमारी बोहरा र कमला विष्ट को टिम विमित छोरा बिमल बोहरा को घरमै एक कार्यक्रम गरि रकम हस्तान्तरण गरेको हो ।
बिमा जारी भएको छोटो समयमा २०८० साल जेष्ठ २३ गते ३८ वर्षको कलिलो उमेरमा असामायीक उनको निधन भएको थियो । बिमा रकम बुझेपछि स्व प्रस्तावक का श्रीमान् गणेश बहादुर बोहराले खुसि हुदै बिना झन्झट निवेदन दिएको छोटो समयमा नै आई.एम.ई लाईफ इन्स्योरेन्स कम्पति लिमिटेड ले घरमै आई यति धेरै सुविधा प्रदान गर्नु भएकोमा धन्यवाद दिएका छन ।