३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

गोदावरी-९ सेहरी गाउँमा रानाथारु महिला तीज विशेष कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ४ श्रावण २०८०, बिहीबार
गोदावरी-९ सेहरी गाउँमा रानाथारु महिला तीज विशेष कार्यक्रम सम्पन्न

कैलालीको गोदावरी नगरपालिका वडा नं-९ को वडा कार्यालयको प्राङ्गणमा रानाथारु महिला तीज विशेष कार्यक्रम आज श्रावण ४ गते रानाथारु महिला समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी सु.प.प्रदेश सभा सदस्य मा. प्रकाश बम ,विशिष्ट अतिथी सु.प.प्रदेश सभा सदस्य मा. तुलसी देवकोटा , सु.प.प्रदेश सभा सदस्य मा. खेमा विष्ट , गोदावरी नगरपालिका नगर उप-प्रमुख सारा रोकाया , अतिथी नगर प्रवक्ता तथा वडा नं १का वडा अध्यक्ष गोपाल दत्त भट्ट , ९ का अध्यक्ष रामलाल राना ,वडा नं ४,६,७,१०,११,१२ का वडा अध्यक्ष सम्पुर्ण वडा सदस्य ,भलमन्सा , समाजसेवी बुद्धिजीवी वडाबासीको उपस्थिति र रानाथारु महिला समाज की अध्यक्ष सत्यवाती रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

रानाथारु समुदायको तीज पर्वको बारेमा र शुभकामना दिएका थिए । उक्त कार्यक्रममा गोदावरी वडा नं ९ र धनगढी उप-महानगरपालिकाको बाटोको बिकास गर्न सहयोग गरिदिनुहोला यस क्षेत्रमा कृषि तरकारी खेती गर्दा बाटो राम्रो नभएकोले बाटोको बिकास गर्न महत्त्वपूर्ण रहेको छ भनेर गोदावरी वडा नं ९ का वडा अध्यक्ष रामलाल रानाले मन्तव्य व्यक्त गरेका छन ।

कार्यक्रममा रानाथारु समुदायको तीजमा उपस्थित हुन पाउँदा खुसी लागेको छ । रानाथारु समुदायको तीजको बारेमा जानकारी पाउँदा खुसी लागेको छ । वडा अध्यक्ष रानाको कुरामा हामी समर्थन गर्छौ ।हामी सहयोग गर्न तयार छौ भनेर सबै विशिष्ट अतिथीले मन्तव्य ब्यक्त गरेका थिए ।

रानाथारु समुदायमा तीज महिला दिदी बहिनीको महत्त्वपूर्ण पर्व हो । रानाथारु समुदायको पहिचान तथा संस्कृति बचाउनको लागि हामिले यस्ता कार्यक्रम गर्न आवश्यक छ । वडा अध्यक्ष रानाको अनुरोध हामीले स्वीकार गरि आउदो वर्षमा सक्दो छिटो बाटो कालोपत्रे बनाउछौ । अब बाटो पश्चिमबाट नभइ पुर्वबाट बनाउदै लग्छौ तपाईं यहाँका बासिले अब धेरै दुख गर्नु पर्दैन भनेर प्रमुख अतिथी सु.प. प्रदेश सभा सदस्य मा. प्रकाश बमले बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin