३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

 धनगढीको मोहना अत्तरिया ६ लेन सडक खण्डमा सवारी साधनलाई तिब्र गतिमा चलाउन रोक

खबर सम्बाददाता २१ श्रावण २०८०, आईतवार
 धनगढीको मोहना अत्तरिया ६ लेन सडक खण्डमा सवारी साधनलाई तिब्र गतिमा चलाउन रोक

 धनगढीको मोहना अत्तरिया ६ लेन सडक खण्डमा सवारी साधनलाई तिब्र गतिमा चलाउन रोक लगाइएको छ । तिब्र गतिका कारण दिनहुँ दुर्घटना हुन थालेपछि कैलाली ट्राफिकले गति नियन्त्रणमा जोड दिएको छ । ट्राफिक प्रहरीले गती माफन मेशिनको प्रयोग गरी प्रति घण्टा ६० किलोमिटर गती भन्दा माथी चलाइएको पाइए कार्बाही गरिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार बिहान, साँझ, दिउँसो लगायत समय मिलाएर मोहना अत्तरिया ६ लेन सडक खण्डमा गती मापन गरी ६० क्रस गरेको पाइए कार्वाही गरिरहेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख बिरेन्द्र जोहारीका अनुसार तिब्र गतीमा सवारी साधन चलाउनेलाई जरिवानाका साथै २ घण्टा अनिवार्य ट्राफिक नियमबारे प्रशिक्षण दिने गरेको बताए ।

६ लेन सडकमा लेनको प्रयोग नगर्ने र तिब्र गतीमा सवारी साधन चलाउने क्रम बढेका कारण दुर्घटना निकै बढेको पाइयो जोहारीले भने “हाम्रो काम त जसरी भएपनि ट्राफिक नियमको पालना गराएर दुर्घटना न्युनिकरण गर्नु हो, त्यस कारण गती मापन गरेर ६० क्रस गरेको, लेनको प्रयोग नगरेको लगायतका ट्राफिक नियम उल्लघंन भएको पाइए जरिवानाका साथै अनिवार्य ट्राफिक नियमबारे क्लास लिने गरेका छौँ ।”
यसमा सबैले सहयोग गर्नुपर्छ उनले भने “यो हाम्रै लागी हो, मेरै परिवारका लागी हो भनेर सोचिदिनुस अली ढिला पुगे केही हुँदैन, हाम्रो ज्यान बचे धेरै गर्न सकिन्छ त्यस कारण ट्राफिक नियम पालना गरिदिनुहोस, ओभरटेक गर्दा बायाँबाट नगरौँ, आफ्नो लेन प्रयोग गरौँ, मापसे गरेर सवारी साधन नचलाखौँ ।”

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin