३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

भदौ २१ मा गौरा पर्व मनाउने खटोला अवस्थी समाजको निर्णय

खबर सम्बाददाता २३ श्रावण २०८०, मंगलवार
भदौ २१ मा गौरा पर्व मनाउने खटोला अवस्थी समाजको निर्णय

बैतडीको खटोला अवस्थी समाजले भदौ २१ गते गौराको उपयुक्त तिथि भएको निष्कर्ष निकालेको छ। गौरा पर्वको तिथीमितिका बिषयमा भदौ ७ कि २१ गते भन्ने बहस भइरहेका बेला बैतडीको मूलखटालीमा बसेको खटालो अवस्थी समाजले भदौ २१ मा गौरा मनाउने निर्णय गरेको हो।
खटोला अवस्थीहरुको मूल बसोबास रहेको बैतडीको सुर्नया ६ मूलखटालीमा भएको छलफलले भदौ २१ गते नै गौराको उपयुक्त तिथि भएको निष्कर्ष निकालेको ज्योतिष कृष्णानन्द अवस्थीले बताए। पुत्रदा एकादशी अर्थात गौरा एकादशी, जनैपूर्णिमाको व्रत उपासना नगरी दुबधागो धारण गर्ने प्रचलन नरहेकाले भदौ २१ गते नै गौरा पर्व मनाउने उपयुक्त तिथि भएको अनिरुद्र मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए।

गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा मात्रै पर्ने भएको र यो भूखण्डमा अगस्ती उदय भाद्र कृष्णाष्टमीपछि मात्रै हुने ज्योतिषीय गणितले देखाएकाले हुनाले भदौ २१ गतेको तिथि उपयुक्त भएको अर्का ज्योतिष गणेशदत्त अवस्थीले बताए। विगतका परम्परा, पर्व मनाउने चलन, शास्त्रीय वचन र गणितीय गणनाले भदौ २१ गते गौरापर्व मनाउन उपयुक्त हुने निष्कर्ष निकालेको समाजले जनाएको छ।
खटोला अवस्थी बसोबास गर्ने सबै ठाउँमा भदौ १८ गते बिरुडापञ्चमी, भदौ १९ गते नानी गौरा, भदौ २० गते अमुक्ताभरण सप्तमी र भदौ २१ गते अठ्यावाली अर्थात दुर्वाष्टमी ब्रत उपासना गर्न आग्रह गरिएको छ।
प्राचीन हस्तलिखित पञ्चांगहरुमा भदौ २३ गते सम्म गौरा मनाएको देखिएकाले यो बर्षको गौरा भदौ २१ गते उपयुक्त रहेको पाटनस्थित महारुद्र मन्दिरका पूजारी शिवदत्त अवस्थीले बताए। भाद्र शुक्ल पक्षमा दुर्वाष्टमी पर्व पर्ने र त्यो भन्दा अघि अगस्तोदय भएमा भाद्र कृष्ण अष्टमीका दिन गौरा पर्व मनाउनुपर्ने शास्त्रीय वचन र लौकिक परम्परा रहेको समेत खटालो अवस्थी समाजले निर्क्यौल गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin