५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

कैलालीको गोदावरी पुलमा टिकटक बनाउन र फोटो खिच्न प्रतिबन्ध

खबर सम्बाददाता २५ श्रावण २०८०, बिहीबार
कैलालीको गोदावरी पुलमा टिकटक बनाउन र फोटो खिच्न प्रतिबन्ध

कैलालीको गोदावरी पुलमा टिकटक बनाउन र फोटो खिच्न प्रतिबन्ध गरिएको छ। अविरल बर्षासँगै आएको बाढीले पुलको जग रहेको क्षेत्र समेत कटान गरेपछि पुल जोखिम अवस्थामा पुगेकोले साे प्रतिबन्ध लगाइएको हाे ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले मंगलवार निरीक्षण गर्न पुगेका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिहरूले पुल धरापमा रहेको भन्दै प्रवेशमा रोक लगाउन भनेको बताए। तर, त्यसपछि पनि पुलमा सयौँ युवायुवतीहरूको घुइँचो लाग्यो। पुल जति बेला पनि भत्किन सक्ने अवस्थामा पुगेको उनको भनाई छ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने काठे पुल जीर्ण भएपछि नयाँ मोटरेवल पुल निर्माण गरिएको थियो। सवारी चलाउन निषेध गरिएको उक्त पुलमा रङरोगन गरेपछि पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेहरूको पिहलाे रोजाइमा बनेकाे थियो। अहिले पुल जोखिममा परेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin