सुदूरपश्चिम प्रदेशमा भोलि (शुक्रवार) सार्वजनिक बिदा दिइएको छ। भदौ १ गते शुक्रवार ओल्के पर्व परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर सुदूरपश्चिममा ओल्के मनाइन्छ। ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो। ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ। यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ।