सुगरमिलको रसायन युक्त पानी र बाढिले किसानहरु चिन्तित
हालैको बाढीले घर खेत डुबान भोगेका पुनर्वासका किसानहरुमाथी अर्को पीडा थपिएको छ । पुनर्बासमा अवस्थित भागेस्वर सुगरमिलको लापरबाही र मनोमानिले रसायनयुक्त पानी खुल्ला छोड्दा सो क्षेत्रका धान, उखु सखाप हुन थालेका छन त्यति मात्रै नभइ सो रसायनयुक्त पानी जीव जनावर गाइगोरु मान्छे मा पर्दा सरिरका अङ्ग समेत सड्ने जस्ता विभिन्न रोगहरु लाग्ने गरेका छन । बर्ष भरिको जोहो एकमात्र आम्दानी कृषि त्यो पनि बाढी सँगै सुगरमिलको यस्तो लापरबाहीले हरियाली छाउने खेत सेताम्य हुँदा भोकमरी हुँने चिन्तित बनेका छन ।

बर्सेनि बाढिको चपेटा भोग्ने किसानहरु सुगरमिलको दुर्गन्धित रसायन सम्बन्ध मा बिगतमा पटक पटक गरेका सम्झौता समेत लागू नगरेको र त्यस सम्बन्धमा स्थानीय जनप्रतिनिधि , मिडियाकर्मी लगायत कसैले नबोलेको समेत गुनासो गरेका छन । समस्याको बारेमा बूझी पीडित किसानको पक्षमा सबै सरोकारबालालाई बोल्दिन त्यस क्षेत्रका अगुवाहरुले आग्रह समेत गरेका छन ।
