कंचनपुरको लालझाडी गाउँपालिका वडा नं ३ स्थित बल्मी गाउँमा रानाथारु तीज कार्यक्रम तथा भलमन्सा समितिको अध्यक्ष मोहन रानाको अध्यक्षतामा रानाथारु तीज कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल रानाथारु समाजकि पुर्व केन्द्रिय अध्यक्ष तथा रानाथारु प्रथम पि.एच.डि. होल्डर डा. जीवन राना विशिष्ट अतिथी लालझाडी ३ का वडा अध्यक्ष टिकाराम डगौरा ,नेपाली कांग्रेस कंचनपुर-१ क्षेत्रीय सभापति गोपि प्रसाद उपाध्याय , नेकपा माओवादीका प्रदेश सदस्य भक्ता राना , धनगढी-७ पुर्व अध्यक्ष सिताराम राना , वडा सदस्य भलमन्सा ,समाजसेवी बुद्धिजीवी स्थानीयको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।
भ्रममा नपर्नुहोला रानाथारु जातिको सूचीकरण कुनै एक संस्था एक ब्यक्तिले गरेको छैन हामी सबै रानाथारुले हामी सबै रानाथारुको संस्थाले आफ्नो जातिको सूचीकरण गर्न सहयोग गरेका छौ । संस्कृति संरक्षण गर्न बिकास गर्नको लागि कुनै राजनैतिक पार्टीलाई बिचमा ल्याउनु हुदैन । नेपाल रानाथारु समाजको केन्द्रिय कार्यसमितिको अधिवेशन कहिले हुने ? नेपाल रानाथारु समाजको महाधिवेशन समयमै होस र यस संस्थामा जिम्मेवारीका साथ खटेर आफ्नो समुदायको बिकासको लागि लडौ नभए कुनै पद लिने नगरौ । अहिलेको समयमा लागु औषधमा रानाथारु सबैभन्दाबढी प्रहरीको चपेटामा परेका छन । यदि शिक्षा भएन भने हाम्रो समुदायको स्थर उन्नति हुन सक्दैन । यस लालझाडी क्षेत्रमा बाढीको समस्या छ ।म मुख्यमन्त्री संग कुरा गरिसकेका छु छिट्टै अनुगमन गरि बिकास गर्न पहल गर्नेछु । यस लालझाडी गाउँपालिकाले पनि यसमा सहकार्य गर्नुपर्छ भनेर प्रमुख अतिथि नेपाल रानाथारु समाजकी पुर्व केन्द्रिय अध्यक्ष डा. जीवन रानाले बताएकी थिइन ।

शिक्षा स्वास्थ्यमा भन्दा बढी अहिले दोदा नदिको टटबन्धनको लागि पहल गरिदुन अपिल गर्न चहान्छु । केन्द्र वा प्रदेशबाट प्रमुख अतिथिले यस विषयलाई पहल गर्न अनुरोध गर्न चहान्छु । हामी यस वडाबाट कला संस्कृति संरक्षण गर्न सम्पुर्ण समुदायको लागि बजेट बिनियोजन गरेका छौ । कला संस्कृति संरक्षण गर्न कार्यक्रम गर्न आवश्यक छ भनेर लालझाडी ३ का वडा अध्यक्ष टिकाराम डगौराले बताएका थिए ।
