कंचनपुरको बेलौरी नगरपालिका वडा नं ५ स्थित बन्तरिया गाउँमा रानाथारु तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
सम्पुर्ण जातजातिलाई आफ्नो कला संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकारले कदम चालेको छ । रानाथारु कैलाली र कंचनपुरको धर्तिपुत्र हुन । रानाथारु समुदायमा कुरीतिलाई हटाई राम्रो संस्कृति भित्र्याउनु पर्ने भनेर प्रमुख अतिथी बेलौरी नगरपालिका उप-प्रमुख जोगराम चौधरीले बताएका हुन ।

नेपाल रानाथारु समाजको अधिवेशन गर्न कंचनपुर जिल्ला समितीले दबाब दिइरहेको छ तर केन्द्रिय र कैलाली जिल्ला समिती भने मौन बसेको छ । यदि केन्द्रिय कार्यसमितिले अधिवेशन गर्दैन भने हामी कैलाली कंचनपुरका आजीवन सदस्य एकजुट भएर अधिवेशन गर्छौ । रानाथारुको जातिय संस्थामा यदि कुनै ब्यक्तिले आफ्नो राजनैतिक संगठन बनाउने योजनामा छ भने त्यस्तो ब्यक्तिलाई कुनै पन पद नलिए हुन्छ । जातीय संस्थामा स्वतन्त्र भइ रानाथारुको बिकासको लागि आवज उठाउनुपर्छ भनेर बिशिस्ट अतिथी नेपाल रानाथारु समाज कंचनपुर जिल्ला उपाध्यक्ष मनोहर रानाले बताएका थिए ।

कार्यक्रममा बेलौरी वडा नं ५र ८ का वडा अध्यक्ष कार्यपालिका सदस्य ,वडा सदस्य ,भलमन्सा , कलाकार स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रानाथारु कलाकार रामदेव रानाले प्रस्तुति रहेको थियो ।