७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

स्वस्तिक अस्पताल र मृतकका आफन्तबीच तीन बुँदे सहमति

खबर सम्बाददाता ११ भाद्र २०८०, सोमबार
स्वस्तिक अस्पताल र मृतकका आफन्तबीच तीन बुँदे सहमति

पत्थरीको समस्याले उपचाररत बिरामीको मृत्युपछि विवादमा तानिएको धनगढीस्थित स्वस्तिक अस्पताल र मृतकका आफन्तबीच तीन बुँदे सहमति भएको छ ।

अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिउँसो सो अस्पतालमा तनाव भएको थियो । 

मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा   मृतकको एमबीबीएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्याहोर्ने,  २ छोरीहरूको विवाह खर्च ब्याहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने सहमति भएको छ । 

उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin