कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ५ मा गौरा पर्ब विशेष देउडा प्रतियोगिता बिहीबार बाट सुरु भएको छ। सो प्रतियोगिता २१ गते देखि २४ गते सम्म हुने आयोजक ले बताउनु भएको छ। गौरा पर्ब विशेष देउडा प्रतियोगिता मुख्य प्रायोजक लालझाडी गाउँपालिका को आयोजक देखतभुली युवा समाज को आयोजनामा सो प्रतियोगिता सुरु भएको हो। प्रतियोगिता मा देखतभुली युवा समाज का अध्यक्ष सन्देश भट्ट को सभाअध्यक्ष मा सञ्चालन भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल रानारहनु भएको कार्यक्रम मा विशिष्ठ अतिथि लालझाडी गाउँपालिका की उपाध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका वार्ड नं ५ का वडा अध्यक्ष पहल बहादुर थापा रहनु भएको थियो।

प्रतियोगिता मा प्रथम पुरस्कार १२ हजार ,दितिय पुरस्कार ८ हजार,तृतीय पुरस्कार ५ हजार रहेको देउडा प्रतियोगिता मा चार दिन को खेलमा मूल्यांकन गरी प्रथम ,दितिया,तृतीय छनौट गर्ने आयोजक ले जानकारी दिनु भएको थियो।देउडा प्रतियोगिता मा विभिन्न राजनीतिक दल का नेता तथा कार्यकर्ता समाजसेवी तथा पत्रकार हरु को उपस्थिति रहेको थियो।
उद्घाटन सत्रमा सम्पुर्ण अतिथिहरुले देउडा खेलेर रमाइलो गरेका थिए ।



