२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

हरेक वडामा पुगेर महिलाका लागि माग अनुसारका तालिम दिने: उपाध्यक्ष राना

खबर सम्बाददाता २५ भाद्र २०८०, सोमबार
हरेक वडामा पुगेर महिलाका लागि माग अनुसारका तालिम दिने: उपाध्यक्ष राना

लालझाडी गाउँपालिका वडा नं. ५ देखतभुलिमा गौरा पर्व विशेष देउडा प्रतियोगिता २०८० भदौ २४ गते सम्पन्न भएको छ। देखतभुली युवा समाजद्वारा आयोजित पालिका स्तरीय देउडा प्रतियोगितामा देउडीया तेज बहादुर लुहार विजेता भएका छन्। विजेता देउडीया तेजराम लुहारले फाइनल ५० नम्बर मा ४८ र अर्को देउडिया धन सिंह एरी ४७ ल्याई १ पोइन्टले तेजराम लुहार बिजेता भएका हुन । तृतीय स्थानमा रेणु बि.सि. भएको भनेर आयोजक कमिटीले जनाएको छ।

कार्यक्रममा प्रथम,दोस्रो र तेस्रो पुरस्कार क्रमश: १२ हजार , ८ हजार र ५ हजार नगद रकम सहित प्रमाणपत्र बिजेताले प्राप्त गरेका छन ।

प्रमुख अतिथि लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले भनिन यस्ता सांस्कृतिक कार्यक्रम मात्र नभइ महिलाहरुका लागि आ.व. ०८०/०८१ मा तपाईं स्थानीय बासीको रोजाइ अनुसार उपाध्यक्ष विशेष तालिम संचालन गर्नेछु । म तपाईको वडा वडामा पुगेर महिला दिदिबहिनीहरुसंग सल्लाह गरी माग अनुसार तालिम दिनेछु । खेलमा हार जित हुन्छ यसमा चित्त दुखाउनु पर्दैन यो देउडा प्रतियोगितामा बिजेता र उप-बिजेतालाई बधाई समेत उपाध्यक्ष रानाले बताएकी छिन ।

कार्यक्रम देखतभुली युवा समाजका अध्यक्ष सन्देश भट्टको अध्यक्षतामा र प्रमुख अतिथि लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना , विशिष्ट अतिथी लालझाडी ५ का वडा अध्यक्ष पहल थापा ,समाजसेवी ,बुद्धिजीवी ,स्थानीयको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजसेवी , सहयोगीहरुलाई सम्मान गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin