२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

बेलडाँडीमा ढिलो आउने कर्मचारीहरूलाई अध्यक्ष रानाद्वारा कार्यालय प्रवेशमा रोक

खबर सम्बाददाता २५ भाद्र २०८०, सोमबार
बेलडाँडीमा ढिलो आउने कर्मचारीहरूलाई   अध्यक्ष रानाद्वारा कार्यालय प्रवेशमा रोक

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले कार्यालय खुल्ने समयभन्दा ढिलो उपस्थित हुने कर्मचारीहरूलाई कार्यालय प्रवेशमा रोक लगाउनु भएको छ । सोमबार बिहान १० बजेसम्म कार्यालय पुगेका कर्मचारीहरूलाई धन्यवाद दिँदै अध्यक्ष रानाले १० बजे भन्दा ढिला कार्यालय आउने कर्मचारीहरूलाई प्रवेशमै रोक लगाउनु भएको हो । बिहान १० बजेसम्म ४ जना माथिल्लो तहका कर्मचारी र ९ जना कार्यालय सहयोगी मात्रै उपस्थित हुनुहुन्थ्यो । ढिला आउने २३ जना कर्मचारीहरूलाई भने कार्यालय प्रवेशमा रोक लगाइएको हो । कर्मचारीका विषयमा सेवाग्राहीहरूको बारम्बार गुनासो आएको र प्रशासनले कर्मचारीलाई व्यवस्थापन गर्न नसक्दा कार्यालयको काम नराम्ररी प्रभावित भएपछि यस्तो कदम चाल्नु परेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाको भनाइ छ ।

गाउँपालिका कार्यालयमा ढिलो आउने कर्मचारीहरूलाई पालिका अध्यक्षले कार्यालय प्रवेशमा रोक लगाउँदा गाउँपालिका कार्यालयको प्रायः सबै काम प्रभावित भएको छ । काम विशेषले आएका सेवाग्राहीहरू निराश भएर फर्किनु भएको छ । थोरै समय ढिला भएकोले कार्यालय प्रवेशमै रोक लगाउनु गलत भएको कार्यालय प्रवेश गर्न नपाएका कर्मचारीहरूको प्रतिक्रिया छ । कर्मचारीहरूलाई दण्डित गर्ने कार्य प्रमुख प्रशासकीय अधिकृतको भएपनि गाउँपालिका अध्यक्षले हस्तक्षेप गरेको कर्मचारीहरूको गुनासो छ । तर सर्वसाधारण नागरिकहरू भने अटेरी कर्मचारीहरूलाई सुधार्न गाउँपालिका अध्यक्षले चालेको कदम ठिक भएको बताउँछन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin