७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

सुरु भयो जुगेडा कप २०८०

खबर सम्बाददाता २६ भाद्र २०८०, मंगलवार
सुरु भयो जुगेडा कप २०८०


धनगढीमा नेपाल भारतका टीमबीच प्रतिस्पर्धा हुने जुगेडा कप भलिबल प्रतियोगिता सुरु भएको छ। धनगढी १० जुगेडामा मंगलबार धनगढीकी उपप्रमुख कन्दकला कुमारी रानाले प्रतियोगिताको उद्घाटन गरिन्।
सास्कृतिक र खेल पर्यटनको विकासका साथै खेलाडी उत्पादन गर्ने उद्देश्य राखी हरेक बर्ष यो प्रतियोगिता हुने गरेको छ। संयुक्त राना जनचेतना परिवारको आयोजनामा भदौ २६ गतेदेखि ३० गतेसम्म सो भलिबल प्रतियोगिता संचालन हुने छ। प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, दोस्रो पुरस्कार ५५ हजार, तेस्रो पुरस्कार ३० हजार र चौथो पुरस्कार १६ हजार रहेको आयोजक संस्थाका अध्यक्ष रबि रानाले बताए। गत वर्षको भलिबल प्रतियोगितामा भारतको खटिमाको टीम प्रथम भएको थियो। उनले यस बर्ष नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मीका खेलाडीहरु लगायत नेपालका स्थानीय क्लब तथा टीम सहभागि रहेको जानकारी दिए।
पहिलो दिन मंगलबार पाँचओटा खेल हुनेछन्।
उद्घाटन सत्रमा धनगढी ७, १० का वडा अध्यक्ष लगायतको उपस्थिति थियो। कार्यक्रममा बोल्दै उपप्रमुख कन्दकला कुमारी रानाले उपमहानगरपालिकाले वडा स्तरमा आयोजना हुने खेलकुदलाई प्रोत्साहन गरिने बताइन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin