कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ स्याली खोला नजिकै उखुबारीमा ९ महिने नाबालिका हातखुट्टा बाँधिएको अवस्थामा भेटिएका छन् ।
सडक छेउको उखुबारीमा बालिका भेटिएको बेलौरी प्रहरीले जनाएको छ । बालिकाका हात बाँधिएका थिए । बालिका रोईरहेको सुनेपछि स्थानियले उद्धार गरी प्रहरीको जिम्मा लगाएका छन् ।
बालिकाको श्रीपुर स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि अभिभावकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक गाैरी प्रसाद जैशीले बताए ।
वेवारिसे बच्चा सकुशल प्रहरीको साथमा छ ।
