७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

सिताराम राना : जखौर तालको बिकास निरन्तर हुनुपर्ने तर अहिलेको स्थानीय सरकार मौन किन

खबर सम्बाददाता ४ कार्तिक २०८०, शनिबार
सिताराम राना : जखौर तालको बिकास निरन्तर हुनुपर्ने तर अहिलेको स्थानीय सरकार मौन किन

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित जखौर तालको प्राङ्गणमा डश्या डेवारी मिलन ओ नाचगान कार्यक्रम-२०८० जखौर बाबा टोल बिकास समुहको आयोजनामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी धनगढी उप-महानगरपालिका वडा नं ७ का निवर्तमान वडा अध्यक्ष तथा नवज्योति कृषि सहकारी संस्था लि.का अध्यक्ष सिताराम राना , विशिष्ट अतिथी जखौर बाबा मन्दिर समितिका अध्यक्ष कालीराम राना , देवरिया सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष शारदा राना , देवरिया गाउँका पढना पृथ्वी राना , देवरिया गाउँका भलमन्सा जगन्नाथ राना , भलमन्सा रतिराम चौधरी , देवरिया सामुदायिक वन उपभोक्त समुहका कोषाध्यक्ष भागिराम चौधरी , बुद्धिजीवी ,समाजसेवी , तथा थारु राष्ट्रिय कलाकारको उपस्तिथि र जखौर बाबा टोल बिकास समुहको अध्यक्ष दिल कुमारी चौधरीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।

धनगढी उप-महानगरपालिकाको वडा नं ७ भौगोलिक हिसाबले सबैभन्दा ठूलो वडा हो । यस जखौर तालमा मेयर ,उप-मेयर र वडा अध्यक्षले ध्यानाकर्षण गरिरहेका छैन । हामी हुदा यस ताललाई बिकास गरेकै हो तर अहिले ताल क्षेत्रको वरिपरि जडान गरिएको सेन्सर लाइट बिग्रीरहेका छन । सेन्सर लाइटहरु बिग्रीरहेका छन तर अहिले सबै मौन छन । जखौर तालको निरन्तर बिकास हुनुपर्ने तर अहिलेको स्थानीय तहको सरकारले कुनैपनि यस जखौर तालको संरक्षण सम्बर्द्धनको लागि बजेट बिनियोजन गरिरहेको छैन । हामी २०७४ सालको चुनाबमा यस जखौर तालको बिकासका लागि सोचेका सपनाहरु चक्नानुर भएका छन । यस जखौर तालको बिकास भए पुरै धनगढी उप-महानगरपालिकाकालाई फाइदा हुनेछ नगरपालिका भित्रका ब्यक्तिहरुले रोजगारी पनि पाउँछन् । हामी हुँदा सांस्कृतिक कार्यक्रम गर्नको लागि बजेट बिनियोजन गरथ्यो तर अहिलेको वडा सरकारले सांस्कृतिक कार्यक्रमको लागि किन बजेट छुट्याइ रहेको छैन । यस कार्यक्रम सम्पन्न गर्नको लागि आफ्नो ब्यक्तिगत तर्फबाट सहयोग गर्छु भनेर प्रमुख अतिथी धनगढी उप-महानगरपालिका वडा नं ७ का निवर्तमान वडा अध्यक्ष सिताराम रानाले प्रतिबद्धता गरेका हुन ।

कार्यक्रममा थारु राष्ट्रिय कलाकार ,स्थानीय कलाकार झुम्रा नाछ सखिया नाच तथा स्थानीय डान्सको बेजोड प्रस्तुति रहेको थियो । कलाकारहरुलाई सम्मान समेत गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin