७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

दोस्रो लालझाडी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु

खबर सम्बाददाता ३ मंसिर २०८०, आईतवार
दोस्रो लालझाडी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु

लालझाडी गाउँ खेलकुद समितिको आयोजना लालझाडी गाउँपालिकाको समन्वयमा २०८०सर्वाधिक धनराशिको दोस्रो लालझाडी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता आइतबार बाट सुरु भएको छ।

कार्यक्रमको अध्यक्षता लालझाडी गाउँ खेलकुद समितिका अध्यक्ष प्रकाश राना ,प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ ,बिशिस्ट अतिथि लालझाडी गाउँ पालिकाका अध्यक्ष निर्मल राना,गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना,अतिथि लालझाडी गाउँपालिका का वडा नम्बर १ देखी ६ नम्बरका वडाध्यक्ष ,कार्यपालिका सदस्य ,सुरक्षा निकायका प्रमुख लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रमको स्वागत मन्तव्य लालझाडी गाउँ खेलकुद समितीका सदस्य कृष्ण रानाले गर्नुभएको थियो। लालझाडी खेलकुद बिकाश समितीले प्रतियोगिता विजेताले नगद २ लाख ५५ हजार५ सय ५५ रुपैयाँ , उपविजेताले १ लाख ५५ हजार५ सय ५५ रुपैयाँ ट्रफी र प्रमाणपत्र ,उत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार पाउने लालझाडी गाउँ खेलकुद समितीका अध्यक्ष प्रकाश रानाले जानकारी दिनुभयो।
अध्यक्ष रानाका अनुसार उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता लाई रु ५/५ हजार,उत्कृष्ट खेलाडी लाई ५ हजार यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार १ सय पुरस्कार राखिएको समिती जनाएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले आफू प्रदेश सदस्य हैसियतमा हुदा खेलकुदका लालझाडी गाउँपालिकाका विभिन्न वडा खेलकुद मैदानका लागी आफुले प्रदेश सरकार बाट आवश्यक बजेट ल्याएको समेत बताउदै लालझाडीको मुख्य समस्या दोदा नदि कटान लाई नियन्त्रण गर्नका लागी आवश्यक संघीय सरकार समक्ष पटक पटक आग्रह गरेको बताउनुभयो ।


खेलकुद मङ्सिर ३ गते सुरु भइ मङ्सिर १६ गते सकिने कार्यक्रममा २४ वटा टिमले सहभागिता जनाएका छन।

कार्यक्रमको उदघाटन खेल लालझाडी गाउँ पालिकाका कर्मचारी टिम र पुनर्वास भेट्रान क्लब सित भएको थियोे भने लालझाडी गाउँपालिकाका कर्मचारी टिम लाई पुनर्वास भेट्रान क्लब २ गोल विरुद्ध का ३ गोल गर्दै टिम लाई पराजित गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin