कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित दाइजो कृषि सहकारी संस्था लि. को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री मा. रामेश्वर चौधरी ,विशिष्ट अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , कृषि ज्ञान केन्द्र कैलाली कमाना कार्की, विभिन्न संघ संस्थाका प्रतिनिधि , समाजसेवी बुद्धिजीवीको उपस्थितिमा र संस्थाका अध्यक्ष मान ब. रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीहरु दिनप्रतिदिन सुशासनको कमि कमजोरीले सहकारी दुबिरहेका छन ।
वार्षिक प्रतिवेदन हेर्दा यस सहकारीले दिनप्रतिदिन प्रगति गरिरहेको छ । सहकारी संस्था ब्याज खाने संस्था होइन यसले कृषिमा लगानी गर्ने र कृषकलाई सुबिधा दिने हो ।
दलालहरुले गर्दा अहिलेको समयमा सहकारी दुबाईरहेका छन । मन्त्रालयको तर्फबाट अगामी दिनमा सहयोग केके गर्न सकिन्छ त्यसमा जोड दिने भनेर प्रमुख अतिथी भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री मा. रामेश्वर चौधरीले प्रतिबद्धता गरेका हुन ।

यस संस्थाले गरेका गत वर्ष र अहिले को हिसाब किताब हेर्दा यस संस्थाको कारोबार हेर्दा प्रगति गरेको रहे छ । यो संस्था शेयर सदस्यहरुको संस्था हो । तपाईंहरुले यस संस्थाले वर्ष भरीमा केके काम गर्यो भनेर तपाईंले बुझ्न आवस्यक छ ।
यो संस्थाले यहाका किसानलाई मात्र नभएर ब्यापारीलाई ऋणदिने गरेको छ कृषकलाई रासायनिक मल र कृषि यन्त्रहरु उपलब्ध गराएको छ भनेर धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारुले बताएका हुन ।

संस्थाको शेयर पुजी ६० लाख २३ हजार, शेयर सदस्य संख्या ६०६ जना र जगेडा कोषमा ८ लाख ९१ हजार ४ सय २२ रुपैया रहेको छ । ४ करोड २५ लाख ५४ हजार ७ सय ७६ रुपैया निक्षेप संकलन रहेको छ । ३ करोड २३ लाख ६८ हजार ७ सय८७ रुपैया ४ पैसा ऋण लगानी रहेको छ । संस्थाको बचत रु. ४ करोड २५ लाख ५४ हजार ७ सय ७६ रुपैया ७५ पैसा छ भनेर दाइजो कृषि सहकारी संस्था लि. का सचिव दिपक राज जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दाइजो कृषि सहकारी संस्था लि.को आ.व. २०७९/०८० को वासलात ५ करोड ६० लाख ४० हजार ९सय ५ रुपैया ५५ पैसा बराबार रहेको भनेर दाइजो कृषि सहकारी संस्था लि. का लेखा समिती संयोजक नन्दगोपाल रानाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
०८०/०८१ को अनुमानित रकम ब्यवस्थापक बासुदेव रानाले प्रस्तुत गरेका थिए ।
संस्थाकि निवर्तमान अध्यक्ष चन्द्र किरण राना, बचतकर्ता रामफुल राना, जोगिराम राना ,असल ऋणी लाल बहादुर राना ,आगनबारी मिडिया प्रा.लि .का दिनेश राना सम्मानित भएका हुन ।




