२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कृष्णपुरमा नगर स्तरीय १४ औ राष्ट्रपति रनिङ सिल्ड सुरु

खबर सम्बाददाता २४ पुष २०८०, मंगलवार
कृष्णपुरमा नगर स्तरीय १४ औ राष्ट्रपति रनिङ सिल्ड सुरु

कृष्णपुर नगरपालिका वडा नं. ०४ स्थित कृष्ण मा.वि गुलरियामा नगर स्तरीय १४ औ राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०८० सुरु भएको छ। कार्यक्रम नेपाल सरकारका परराष्ट्र मन्त्री एन पी साउदको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको छ।

प्रतियोगितामा १३ सामुदायिक र १२ सस्थागत गरि कृष्णपुर का जम्मा २५ विद्यालय सहभागी रहेका थिए। आजको उद्घाटन खेलमा १५०० मिटर छात्र तर्फको दौड प्रतियोगितामा समैजी मा.वि का विक्रम वि.क(४:४२ मिनेट) र १५०० मिटर छात्रा तर्फको दौड प्रतियोगिता सरस्वती मा.वि कि बसन्ती ऐर(६:१९ मिनेट) प्रथम भएका छन्।

कार्यक्रममा प्रदेश सभा सदस्य गिता चौधरी, जिल्ला प्रशासन कार्यालय प्रमुख गोपाल कुमार अधिकारी, उप- नगर प्रमुख द्रोपती राना, वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरु, ईप्रका झलारी प्रमुख, ईप्रका गुलरिया प्रमुख लगायत टिम, विभिन्न विद्यालयका प्रअ तथा शिक्षक शिक्षका हरु र जिल्ला खेलकुद समिती कञ्चनपुरका अध्यक्ष कुबेर खडका लगायत को उपस्थिति रहेको थियो।

कार्यक्रम कृष्णपुरका मेयर हेम राज ओझाको सभा अध्यक्षता मा सुरु भएको थियो भने प्रतियोगिता आउदो पुस २६ गते सम्म कृष्णपुर ०४ स्थित कृष्ण मा.वि प्राङ्गण गुलरिया मा सञ्चालन हुने छ। यस बर्षको कञ्चनपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समेत कृष्णपुर मै हुनेछ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin